Posted by: sajhabusaima April 15, 2008
Current Situation and MY View
Login in to Rate this Post:     0       ?        
आज थेम्स नदि किनार मा रहेका बुद्धिजिबि हरु भेला हुने भवन टोलाइ रहेको छ अनि बाल्टिमोर एभिन्यु को आड मा रहेको महल हरेक पल पल केलाउदैछ तर बोल्न तयार छैन, अनि रेस रोड को पञ्चवति भवन आफ्नो क्याल्कुलेसन मा भएको समस्या लाइ मुल्याङ्कन गर्न ब्यस्त छ । तर मेरो यो मन किन किन खुसि भएर पनि रोइ रहेको छ । आज १० बर्ष भैसकेको छ हजारौ मेरा दाजु , दिदि भाई बहिनि शान्ति का खातिर आफु लाइ बलिदान दिइसकेका छन। यो न त नेपालि माता ले भुल्न सक्छिन न त त्यि टुहुरा भएका भाइ बहिनि अनि सिन्दुर पुछिएका चेलिहरुले क्षमा दिन सक्छन नत कोख खालि भएका आमा हरु ले बिर्सने छन । तर केहि दलाल हरु न त नेपालि जनता को प्रगति अनि शान्ति लाइ देख्न सक्छन  न त त्यसलाइ सहन गर्न नै सक्छन। पहिला केन्द्र बाट पिडित भन्दै तराइ ऊचालेर संघिय राष्ट्र बनाउने भने तर अपसोच अहिले त्यहि कुरा ऊनिहरु को घाँटि मा गयर हड्डि भएर अडकियो । कतै हाम्रा गोइत ले भने झै मिथिला राज्य ( इतिहास: यसमा भारत को केहि भाग पनि थियो) बन्ने हो भने भारतका पनि केन्द्र बाट हेला र पिडित बनेका बिहार र युपिमा पनि त्यस मा गाँसिन युद्ध हुने हो कि भनेर दिल्लि ले अलजेब्रा मात्र गरिरहेको छैन आफ्ना दुत हरु लाइ नेपाल का हरेक नेता का ढोका सम्म पनि पठाइ सकेको छ।त्यसैले अहिले भरत ले उपेन्द्र यादब को जित कहिले महत्व दिन्छ त्यहि त्यसलाइ महत्व भन्दा बढि रिस्क पनि ठान्छ।  अर्कातिर अब त नेपालिहरु (माओबादि का कारण ले ) चिन सँग नजिक भए भने त्यसले भारतिय बजार मा पर्ने प्रभाव र त्यो भन्दा पनि वढि भारतिय का लागि टाउको दुखाइ बनेका भारतिय माओबादि ले नेपाल आश्रर्य लियर बिहार, झारखण्ड, युपि मा आक्रमण त गर्देनन् भने पिर परेको छ ।  माओबादि को भारत प।रतिको निति पनि दिल्लि को टाउको दुखाइ रहि रहने छ।

आज मेरा केहि दाजु दिदि भाइ बहिनिका लागि आज देश लाइ शान्ति को मार्ग हुदै परिबर्तन को दिशमा अघि बढाएर याहाँ सम्म पुर्याउन साथ दिने अमिक शेरचन, माधब नेपाल, लिलामणि पोखरेल, शम्भु थापा, किष्ण सिटौला, शेखर कोइराला, डा. राम मान श्रेष्ठ जस्ता देशभक्तहरु उनिहरु का नजर मा भारि भएका छन  तर दिन दहाडै  नेपालि आमा का छात्ति मा लात्ति हान्ने बवन सिहं, बिजय कुमार गछ्यदार अनि सरदसिंह भन्डारि जस्ता व्याँसा हरु माहान नेता। यो कुरा को मुल्याङ्कन सायद कहिले राजा को बुइ चडने त कहिले माओबादि लाइ पिठ्यु मा बोकेर काठमान्डौ बाट देशका जनता सबै आफ्ना भनेर फुक्ने देशका संसदबादि दलहरु ले गर्नु पर्ने हो, हामि जस्ता सर्ब साधारणले भन्दा पनि आफुलाइ अर्को चुनाब मा राप्रपा जस्तै पत्तासाप हुनु  बाट रोक्नका लागि।

तर म याँहा सम्म आइपुग्दा घटना क्रम ले धेरै फट्को मारिसकेको छ, एमालेका केहि नेता सर्बमान्य नेता हरु आफैलेनै कोरेका नियम का खाकाहरुलाइ कुलचिदै सरकार बाट बाहिरिदैछन माओबादि लाइ दुस्मन संझेर, नेपालि जनता ले दिएको मानडेट लाइ ब्यवास्ता गर्दै। अनि नेपालि काग्रेस, जो गहिरो निन्द्रा बाट त बल्ल बिउझिदै छ बर्तमान स्थिति का बारेमा त कुने सायदै एजेन्डा बनाउने समयपनि पाएको छैन।हुन पनि साथिहरु यि कुनै समयका ठुलादलहरु ले सायद समय,परिस्थिति र जनता का समस्यालाइ बुझेका भए अहिले साना दल मा गनिने थिएनन् होलान नि होइन र ?

अनि हाम्रा कमरेड प्रचण्ड माधब नेपाल जि ले भनेका भित्ताका तस्बिर मा नभएर बास्तबिकता मा उत्रिनु भएको छ तर उहाँ कै युवा संगठन त्यो भन्दा पनि माथि उठेर चुनाब जितेको र्यालि गर्दै रहनु भएको रामशरण महत को टाउको फुटाउनु पुगेका छन खुसिको मात लागेर तर अपसोच सार्बजनिक ब्यक्तब्य पार्टिबाट निक्लिन्छ यि कामहरु मा माओबादि को कुने हात छैन जनता ले गरेका हुन।कमरेड अब आफ्ना कार्यकर्तालाइ यो पुरानो शैलिलाइ परिबर्तन गर्नु लगाउनु पर्छ किनकि माओबादि पहिला सरकारमा थिएन जति प्रयोग गरे पनि हुन्थ्यो तर अब त अलि मिल्दैन , जनताले हो भने कुन जनताले हो कार्बाहि त गर्नु पर्ने हुन्छ त्यसले गर्दा तपाइ को कार्यकर्ता त फस्ने छन नि? फेरि अर्को पटक त पत्यउदैन नि । कमरेड मेरो सानो प्रश्न हजुर का खातिर नेपालका यति खेरका अर्थ मन्त्रि त  राजधानिबाट केहि किलोमिटरमा तपाइ का कार्यकर्ता बाट सुरक्षित हुन सकेनन् भने नेपाल का दुर्गम भाग मा भएका हाम्रा नेपालि दाजु भाइ दिदि बाहिनि के सुरक्षित होलान त तपाइ को युवा संगठन बाट?

फेरि कुरा आयो कमरेड बाबुराम को। कमरेड पहिला पहिला खुबै कराउनु हुन्थ्यो नेपालि सेना धेरै भयो यत्रो सेना चाहिएको छैन भनेर । त्यसो हो भने कमरेड यो राजनिति कार्यक्रता लाइ नेपालि सेनामा संयोजन नगरिकन बाणिज्य वा यातायात ब्यबस्थापन को जिम्मा दिएर राखौन हुन्न र ? कमरेड कि के अब आफ्नो सरकार बन्ने भो भने पछि  तपाइ को पार्टि का सबै नेताले परिबर्तन गर्ने बोलि झै तपाइ का पनि बोलि परिबर्तन भयो र तपाइ का कार्यकर्ता लाइ पनि नेपालि सेनमा गाभेर राजनैतिक सेना बनाउने कुचेष्ठा गर्दे हुनु हुन्छ तपाइ? कमरेड तपाइ को एउटा गुनासो सदै रहेको छ पत्रकार पुर्बाग्रहि भए । तपाइहरु को कुरा र काममा यस्तो फरक हुन्छ त पत्रकार ले के लेखुन । यो कुरा औलाउदा त्यो पत्रिका तपाइहरु को पुर्बाग्रहि भनुहुन्छ भने, चिन भन्दा तपाइहरु को सोचाइ मा के फरक भयो त उहि नेपालि पत्रिका ले अहिले सम्म लेखिरहेका छन त्यसमा धन्दा नमान्नुस न कुने दिन तपाइ को युवा संगठन वा मजदुर युनियन पठाइदिनु न सब ठिक गरिहाल्छन नि तोडफोड गरेर, आखिर गरेका त जनता ले त हुन कि कसो कमरेड ?


जे भय नि कमरेड प्रचण्ड देस र जनताले परिबर्तन माग गरेको छ । जुन कुरा राजा को अण्डर मा बसेर न त नेपालि काग्रेस न एमाले  नै पुर्याउन सक्थे । फेरि यि पार्टि मा भएका कुहिएर गनहाएका मानिसहरुका जमात न त परिबर्तन दिन चाहन्थे न त परिबर्तनशिल सोचाइ भएका लाइ कुर्सि छोडन मान्थे। अरुको सय चोट लोहार को एक चोट भने झै जनता ले नमिठो सँग लप्पु खुवाइदिएका छन तपाइ को पार्टि र तपाइको पार्टिले बोकेको चुनाबि धारणालाइ आत्मसात गर्दै।  हुनसक्छ बाटाहरु डरलाग्दा छन अनि यात्राहरु कठिन पनि तर आस छ हरेस नखाइ नेपाल लाइ शान्ति को मार्गमा लैजान हरेक पार्टि, हरेक जात अनि हरेक क्षेत्रलाइ का हरेक भावना लाइ ओग्डदै नेपाल को संबिधान लेख्नु हुनेछ समुन्त नेपाल का लगि।त्यसको लागि एउटा नेपालि को मुटु भित्र बाट धन्यबाद अनि जय हाम्रो नेपाल।
Read Full Discussion Thread for this article