Posted by: MR_TRUTH April 14, 2008
A RAW AMONG US
Login in to Rate this Post:     0       ?        
'रअ'को डिजाइन फेल
३-वैशाख-२०६५,मंगलवार

भारतीय गुप्तचर संस्था रअको डिजाइन नेपाली जनताको जनादेशले फेल खुवाइदिएका छ। चुनावको मुखमा रअका उच्च पदमा रहेका पदाधिकारीको गोप्य भ्रमणमा भएको डिजाइनले फेल खाएपछि अहिले रअ चकित परेको छ। जनताका अगाडि कुनै शक्तिको पनि केही नलाग्ने कुरा यसले पुष्टि गरेको छ ।
गोप्य सुत्रले दिएका जानकारी अनुसार रअले संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसले ८५ सिट जित्ने, एमालले ६५, माओवादीले ३५, तराइ जनअधिकार फोरमले ३५ , तमलोपालगायत अन्य तराईका दलहरुले १८ सिट र अन्य दुइ सिट जनमोर्चा र मञ्दुर किसान पार्टीको भागमा पर्ने अनुमान गरेको थियो। यदि चुनावमा यस्तै खालको परिणाम आएको भए, सरकार नेपाली कांग्रेसलाई लिड गर्न लगाउने र फोरम र तमलोपालाई समेत नेपाली कांग्रेसको समर्थन गर्न लगाउने योजनामा भारत रहेको थियो भने सम्पूर्ण वामपन्थी दलहरुलाई भने सरकारबाहिर राखेर संविधान  निमार्णमा भारतको अप्रत्यक्ष संलग्नता जनाउने योजनामा रहेको थियो। तर नेपाली जनताले संविधानमा हुन लागेको भारतीय हस्तक्षेपलाई उल्टाइदिएक छन्।
Read Full Discussion Thread for this article