Posted by: copycat April 13, 2008
Projected results समानुपातिक तर्फ
Login in to Rate this Post:     0       ?        
मैले १ घण्टा लगाएर मेचि र कोशि का सबै जिल्ला का पहिलो हुने ले जित्ने को नतिजा संकलन गरेको थिए । आफ्नो क्षेत्र मा ५०० भन्दा कम ल्याउने लाइ गनेको छैन । यदि, पहिलो हुने ले जित्ने मा जसलाइ भोट हाले, उसैलाइ समानुपातिक मा पनि भोट हाले होलान् भन्ने मान्ने हो भने, मेचि र कोशिको नतिजा यस प्रकार छ ।


माओवादि - २७.५%
काग्रेस-२७.९%
एमाले- २७.८%
फोरम- ११.२%
राप्रपा- १.३%
माले- २.२%
संघिय लोकतान्त्रिक- १.६%

संबिधान मा हेरफेर गर्न २/३ बहुमत चाहिन्छ । बेञ्च कम्तिमा पुरा बेञ्च को २/३ हुनुपर्छ ।
यस्को लागि, ४०० को बेञ्च उपस्थित छ भने २६४ को सहायता चाहिन्छ, सम्बिधान मा परिवर्तन गर्न ।

३४०*०.३ ‍ ‍- १०२
१६०‌ (प्रत्यक्ष)+१०२ (समानुपातिक) - २६२

त्यसैले, माओवादि ले आफुखुशि सम्विधान हेरफेर गर्न सक्ने छैनन् । अरु को सहायता चाहिने छ ।

तर, पश्चिम तिर माओवादि को वर्चस्व देखिएको हुँदा मैले देखाएजस्तो ३०% भन्दा केहि बढि आउन सक्छ । भलै ४०% भए पनि,
१६०‌ (प्रत्यक्ष)+१३६ (समानुपातिक) - २९६

त्यसैले, काग्रेस र एमाले को त्यत्ति दयादायि स्थिति भने हुने छैन जस्तो लाग्छ । अवस्यम्भावि रुपमा पुरानो छाला जाने, नया आउने भयो, राम्रो नै हो ।
 
Last edited: 13-Apr-08 08:22 PM
Read Full Discussion Thread for this article