Posted by: Nepe April 12, 2008
नव बर्षको शुभकामना
Login in to Rate this Post:     0       ?        

राहुलज्यू,

 

तपाईलाई र समस्त साझावासीहरुलाई सुखद नयाँवर्षको लागि मंगलकामना मेरो तर्फबाट पनि ।

 

तपाईको संशयको हकमा अब होईन कि बरु अहिले सम्म पो ढुङ्गामुढा र जंगलको युग थियो त । त्यसबाट मुक्त भई सर्वसहमति, शान्ति र प्रगतिको पथमा अघि बढ्नको लागि जनादेश दिएका हुन् नेपाली जनताले ।

 

अब फेरि ढुङ्गे र जंगली युग आउन त एमाले जंगलमा पस्नुपर्छ, नेपाली कांग्रेसले ढूङ्गा र खुकुरी बोक्नु पर्छ । त्यसो होला जस्तो लाग्दैन मलाई । सबैलाई जनताले जे जे कुराको लागि (चुनावी घोषणापत्रमा जे जे लेखेका थिए) र जति जति मात्राको जानादेश दिएका हुन्, त्यही त्यही र त्यति त्यति जिम्मेवारीका साथ काम गर्नुपर्छ र गर्नेछन् ।

 

जनताको विवेकलाई अहिले नै शंका र अपमान नगरम् भन्न खोजेको हो ।

 

हुन त लौहपुरुष गणेशमानले पनि एकबाजी भोट नपा झोकमा काठमाडौका जनतालाई भेडा भनेका थिए । तर उनका सुपुत्रले जनताको निर्णयक्षमतालाई मानेका छन् । कमसेकम त्यसको मान राख्ने कि ?

 

जे भए पनि तपाईलाई संशयमुक्त र आश्चर्यजनक सुखद नववर्षको समस्त शुभकामना, पुन: एक पटक ।

 

Nepe
Read Full Discussion Thread for this article