Posted by: raitii April 12, 2008
साझाका अप्रजातन्त्रवादीहरुलाई केही प्रश्न ????
Login in to Rate this Post:     0       ?        

1. तपाईहरु अहिलेसम्म पनि किन माओवादीको सत्तो सराप गरिरहको ? माओवादी फोवियाबाट ग्रस्त हुनेहरु नेपाली जनताले माओवादीलाई हर्ेन चाहेका छन् त हामी सबैलाई त्यो मतलाई स्वीकार्नु पर्दछ । माओवादीले वन्दुकले जितेको भए यस्तो कुरा गर्न सुहाँउछ तर व्यालेटबाट जसमा तपाईहरु पनि विश्वास गर्नु हुन्छ जितेका छन् भने यत्रो घमण्ड किन ?

2. के माओवादीले जित्ने नहुने भन्ने छ । चुनाव हो हार जीत भइ हाल्छ । प्रजातन्त्रमा सबैलाई उतिकै अवसर हुन्छ होइन र ? हिजो काँगेस एमालेले वहुमत ल्याएको थियो आज माओवादीले ल्यायो । यो पनि काँगेस एमालेको वाटोमा हिड्यो भने अर्को चुनावमा यहि काँगेस एमालेको हाल हुन्छ । भन्ने पाठ पढाएको होइन जनताले ।

3. हिजोसम्म माओवादीले जित्दैनन भनेर कर्ुलने तपाईहरु आज फेरी अव मुलुक वर्वाद वन्ने भयो, खत्तम हुने भयो इरान सिरिया वन्ने भयो भनेर वर्वराहट गर्दै हुनुहुन्छ । अरु दलले देश के वनाए देखियो नि १४ १५ वर्षा होइन । त्यहि भएर त माओवादीलाई जनताले हर्ेन खोजेको । पाएजति विकल्पहरुमा राम्रो यहि होला भनेर रोजेको । एक चोटी हेरम माओवादीलाई भन्ने धैयता कस्तो नभएको तपाईहरुसँँग । हिजो हामीहरु भ््राममा रहेछौ भन्ने लाग्दैन ?

4. हार स्वीकार गरेर सानो भइने होइन महान भइन्छ । माधव शुशिलले हार स्वीकार गरेर राजीनामा दिए । प्रसंसा वटुल्दैछन् प्रजातान्त्रिक आचरण देखाए भनेर ।

एकपल्ट गम्भिर भएर सोच्नुहोस ।

 

 

 

 

 

 

Read Full Discussion Thread for this article