Posted by: chanaa_tarkaari April 12, 2008
can't believe criminals are goin to run our country
Login in to Rate this Post:     0       ?        

जनताको मत कदर गरौ, अहिलेलाइ धेरैको निम्ति यो shocking news भए ता पनि यसले अतिबादि समुहलाइ ब्यावहारीक बन्न बाध्य बनाउछ । जसले पछि गएर राम्रै गर्ला । भ्रष्ट र अनैतिक राजनीतिलाइ जनताले अस्वीकारेका छन, बरु त्यसको बदलामा अतिवादि समुह नै रोज्न जनता तयार रहेको प्रमाण दिएको छ । शुरुवाति नतीजामा एमालेको भीषण हार देखिए पनि, काँग्रेस पनि नराम्रो हार खाने क्रममा छ । कतै काँग्रेस तेस्रो, एमाले दोस्रो र माओबादी पहिले शक्ती हुने त हैन जस्तो लागेको छ ।

जनताले माओबादीको कुरो सुने अव काम हेर्ने चाहना राखे । आँखा चिम्लेर अरुको विरोध गर्नु र आफैले सम्हालेर लानु फरक त हुन्छ नै । पहिला पनि एकपल्ट सरकारमा गइसकेपछि एमालेले राजनीतिक परिपक्वतामा सुधार गरेको थियो ।

शुरुमा वर्गशत्रु खत्तम गर्न वन्दुक बोकेर जंगल गएकाहरुले अहिले सहमतिका साथ अगाडी बढ्ने कुरा गर्न शुरु गरीसकेका छन । यो सकारात्मक कदम हो ।

Read Full Discussion Thread for this article