Posted by: Sajha_Lawyer April 12, 2008
Prachanda Won!!! give congratulation!!!!
Login in to Rate this Post:     0       ?        

नेकपा माअ‍ोवादीका अध्यक्ष प्रचण्ड काठमाडौँ १० नम्बर क्षेत्रबाट विजयी भएका छन्। यसको अ‍ौपचारिक घोषणा भने हुन बाँकी छ। अहिले काठमाडौँ १० को मतगणना भइरहेको स्थान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ठूलो भीड लागेको छ। त्यहाँ प्रचण्ड आउने भनिएका कारण हजारौँको भीड लागेको छ। धेरै घण्टाअघिदेखि नै त्यहाँ प्रचण्ड आउने भनिएका कारण माअ‍ोवादी कार्यकर्ता र समर्थकहरुको ठूलो भीड लागेको हो। प्रचण्डले ठूलो अन्तरबाट काँग्रेस उम्मेदवारलाई हराएका हुन्। एमालेका सानुकुमार श्रेष्ठ साँच्चिकै प्रचण्डको व्यक्तित्वका सामु सानो नै साबित भएका छन्।

काठमाडौँको क्षेत्र नम्बर ८ मा एमालेका अष्टलक्ष्मी शाक्यलाई हराउँदै नेपाली काँग्रेसका नवीन्द्रराज जोशी विजयी भएका छन्। काठमाडौँमा अहिलेसम्म कुनै पनि स्थानमा एमालेले जित्न सकेको छैन। काठमाडौँमा कि माअ‍ोवादी कि काँग्रेस जितेका छन्।

Read Full Discussion Thread for this article