Posted by: sano_kanchha April 11, 2008
Update CA Result
Login in to Rate this Post:     0       ?        
कास्की जिल्लाको चारवटा निर्वाचन क्षेत्रको मतगणना कार्य जिल्ला बिकास समितिको कार्यलय र पोखरा सभा गृहमा भइरहेको छ । कास्की क्षेत्र नं १ र २ को पोखरा सभा गृहमा भई रहेको छ भने जि.बि.स कास्कीमा ३ र ४ को मतगणना कार्य भईरहेको छ ।

कास्की क्षेत्र नं १ को मतगणना कार्य भने केही ढिला सुरु भएको थियो, प्राप्त जानकारी अनुसार कास्की क्षेत्र नं १ मा निर्वाचन अधिकृतको सहिछाप बिनाके मत देखिएपछि मतगणनामा केही बेर बिबाद उत्पन्न भएको थियो । पहिलो जानकारी अनुसार कास्कीको क्षेत्र नं १, २ र ४ मा माआवादीले अग्रता लिएको छ भने कास्की क्षेत्र नं ३ मा ने.क.पा एमाले अगाडी रहेको छ ।
Read Full Discussion Thread for this article