Posted by: sano_kanchha April 11, 2008
Who is going to loose eventually??
Login in to Rate this Post:     0       ?        

उपत्यकाका १५ वटा क्षेत्रमा सबैभन्दा धक्का एमालेले खाइरहेको छ। एमालेका समानुपातिकमा उम्मेदवार बनाउदा नमानेर प्रत्यक्ष निर्वाचनमा लडेका प्रदीप नेपाल काँग्रेसका प्रकाशमान सिंहको हातबाट नराम्रोसित पछारिइसकेका छन् भने भइरहेको मतगणनामा पनि एमालेको स्थिति सन्तोषजनक छैन। स्वयं महासचिव माधवकुमार नेपाल दोस्रो स्थानमा रहेका छन् भने ललितपुरका तीन वटै क्षेत्रमा माअ‍ोवादी अगाडि रहेका छन्। एमालेका रघु पन्त लपु ३ मा पम्फा भुषालबाट ठूलो अन्तरमा मात खाइरहेका छन्। रघु पन्त दोस्रो स्थानमा आउन काँग्रेसका उम्मेदवार मोहनश्याम पौडेलसित प्रतिस्पर्धा गरिरहेका छन्। लपु २ मा एमालेका सिद्धिलाल सिंह पनि तेस्रो नम्बरमा संघर्ष गरिरहेका छन्। लपु १ मा पनि एमाले तेस्रो स्थानमा रहेको छ। यस क्षेत्रमा माअ‍ोवादीका वर्षामान पुन अनन्त पहिलो स्थानमा र काँग्रेसका उदयशमशेर राणा दोस्रो स्थानमा रहेका छन्। भक्तपुरमा नेमकिपाको किल्ला भत्काउने दुस्साहस कसैले गर्न सकेको छैन। काठमाडौँमा माअ‍ोवादी अध्यक्ष प्रचण्डको अग्रता कायमै रहेको छ। एमाले त्यहाँ अझै पनि दोस्रो स्थानमा उक्लन सकेको छैन। काठमाडौँ ६, ७ र १० मा माअ‍ोवादीको अग्रता छ भने ५ र ८ मा काँग्रेसको। ५ मा ईश्वर पोखरेललाई काँग्रेसका गणतन्त्रवादी नेता नरहरि आचार्यले मात दिइरहेका छन् भने ८ मा अष्टलक्ष्मी शाक्यलाई पछाडि पारेर काँग्रेसका नवीन्द्रराज जोशी अगाडि लागेका छन्। एमालेका युवा नेता योगेश भट्टराई समेत काठमाडौँ ६ मा अहिले माअ‍ोवादीका हितमान शाक्यको पछाडि रहेको छ। काठमाडौँ ४ मा पनि विद्या भण्डारीलाई काँग्रेस नेतृ सुप्रभा घिमिरेले पछाडि पारिरहेका छन्।

 

frm mysansar

Read Full Discussion Thread for this article