Posted by: sumedhu April 11, 2008
Nepal heading towards hell !
Login in to Rate this Post:     0       ?        

मेरो विचारमा संविधानसभाको यो चुनाबी नतिजाले , देशको भविष्यलाई अन्धकारको खाडलमा लाने निश्चित प्राय छ । केही  मान्छेहरू भन्दैछन, यो परिवर्तन राजनैतिक पार्टीहरूको गल्तिका कारण भएको हो र उचित छ तर यो नतिजाको असर नेपाल नामको मुलुकको भविष्यलाई कुन भयावह दिशामा कसरी लैजाँदैछ भन्ने कुरा मान्छहरूले बुझिरहेको देखिएको छैन । किनभने माओवादीले जुन शैलिले अहिले जितेको देखिँदैछ त्यो कुनै एउटा दलको चुनाबी जित नभएर , एउटा घोर उग्र दर्शन र व्यवहारमा दिक्षित असहिष्णु र हिंस्रक जमातको अधिनायकवादी सोचलाई मुलुकको अभिभारा सदाको लागि थमाइएको रूपमा उनीहरूले बुझ्नेछन् र नेपाललाई उत्तर कोरिया वा क्यूवा मोडेलमा रुपान्तर गर्न खोज्नेछन् । किनभने उनीहरू कुनै लोकतन्त्रवादा विश्वास गर्ने दल नभएर माओवादी हुन जसको आदर्श हो माओत्सेतुङले सन सत्तरीको दशकमा ५-१० करोड चीनिया र तिब्बतीलाई मार्न चलाएको साँस्कृतिक क्रान्ति ।

माओवादीले आशातित भन्दा बढी सफता पाएको छ र यसो हुनु भनेको उनीहरूको बुझाइमा उनीहरूको आजसम्मको अमानवीय ज्यादतिलाई अति ठूलो जन अनुमोदन प्राप्त हुनु हो । जनताले त १० वर्षमा १०,००० मेगावाट बिजुली उत्पादन हुन्छ र सबैले निशुल्क जमिन पाइन्छ भन्ने कुरामा विश्वास गर्ला तर उनीहरू साँच्चिको कम्युनिष्ट हुन भने मुलुकको भाग्यमा कसरी खग्रास ग्रहण लाग्न जाँदैछ कसरी बुझ्ने सर्वसामान्यले ?

मेरो बुझाइमा नेपालको भूराजनितिले सबै कुरा त्यस्तै रूपमा सम्भव नभएपनि , नेपालको दूर्दिन फेरि माओवादीको चुरीफुरी संगै शुरु हुने कुरामा ढुक्क भए हुन्छ , साथि हो ।

Read Full Discussion Thread for this article