Posted by: sumedhu April 10, 2008
Login in to Rate this Post:
0
?
मेरो विचारमा, अब उग्र कम्युनिष्टको क्रान्तिकारी राग अलापेर संसदीय राजनितिमा माओवादी पसिसकेपछि, एमालेले आँफूलाई खाँटी लोकतान्त्रिक पार्टी बनाएर कम्युनिष्ट धङधङीबाट मुक्त हुँदै कांग्रेसको विकल्पको रूपमा आँफुलाई उभ्याउन सकेन भने एमालेको स्खलनलाई कसैले रोक्न सक्ने छैन । नेपाली जनता तथा विश्व जगत कांग्रेसीका हजारौँ अकर्मण्यताका बाबजूद ऊ लोकतन्त्रिय मान्यतामा अटल छ भन्ने कुरामा विश्वस्त छन् । एमालेले त्यति नराम्रो कुरा केही गरेको छैन, तर सँधै दोधार वा मझधार रम्न खोज्ने , अरूको पछि घुस्रिने तर आँफू विश्वासिलो बन्न नखोज्ने , कुरा चर्का र उपदेश मूलक दिन खोज्ने तर कामको जिम्मेवारीबाट तर्किन खोज्ने तथा पूँजीवादी लोकतन्त्रको धारमा पूर्ण रूपमा रुपान्तिरित भएर पनि मार्क्स, एंगेल्स, लेनिन, स्टालिन, माओका पाण्डवफोटा बोकेर राजनिति गर्ने लालसा राख्ने जस्ता उदेकका गतिविधिबाट मुक्त हुन नखोज्नुले ऊसलाई महाको फटाहा पार्टीको रूपमा चित्रण गराइरहेका छन् । तर नेपालको सफल लोकतन्त्रका लागि कामना गर्ने जनता लागि एमाले कम्युनिष्ट एजेण्डा बोकेको छद्म लोकतान्त्रिक पार्टी हो वा सच्चा हो भन्ने खुटटिनु जरूरी छ । यसमा मुलुकको भलो छ । किनभने कम्युनिज्म अबको संसारमा राजनीतिक पद्दतिको रूपमा आदिम मान्यता भैसक्यो, यो केवल आक्रोस र क्षणिक आन्दोलनको तातोपन मात्र हुनसक्छ । अत: एमालेले कम्युनिष्ट काँचुली फालेर मात्र ऊ लोकतन्त्रको पक्षपोषी बनेको ठहरिन सक्छ किनभने त्यो हँसिया हथौडावाला झण्डा बोकेको देख्ने बित्तिकै, धेरै बुझेका मान्छेलाई यस्तो पार्टी पनि लोकतानत्रिक हुन्छ र भन्ने कुरामा विश्वास गर्न गराउन गाह्रो हुन्छ ।