Posted by: bikash kc April 9, 2008
तपाईंको जिल्ला मा क-कल्ले जित्दैछन? guess मारु न त.....
Login in to Rate this Post:     0       ?        
बागमतीमा वामपन्थीबीच तानातान
बागमती अञ्चलको आठ जिल्लाका उनन्तीस निर्वाचन क्षेत्रमा नेपाली काङ्गे्रसले 'यो' वा 'त्यो' वामपन्थी समूहसँग तीव्र प्रतिस्पर्धा गर्नुपरेको छ। अञ्चलका अधिकांश निर्वाचन क्षेत्रमा काङ्गे्रसको प्रतिस्पर्धा नेकपा एमालेसँग छ भने केहीमा माओवादी र भक्तपुरको एक निर्वाचन क्षेत्रमा नेमकिपासँग प्रतिस्पर्धा देखिएको छ। जनशक्ति पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले नेकपा एमालेका राजेन्द्रप्रकाश लोहनीलाई सघाउनुभएन भने नुवाकोटको तीनवटै निर्वाचन क्षेत्रमा नेपाली काङ्गे्रस विजयी बन्ने अवस्था छ। नुवाकोटको एक, दुई र तीन नम्बर क्षेत्रमा क्रमशः अर्जुननरसिंह केसी, डा. रामशरण महत र बहादुरसिंह लामा काङ्गे्रसको उम्मेदवार हुनुहुन्छ। मुख्य प्रतिस्पर्धी मानिएको नेकपा एमालेको तर्फबाट क्रमशः राजेन्द्रप्रकाश लोहनी, बिन्दा ढुंगाना र महेन्द्रबहादुर पाण्डे उम्मेदवार हुनुहुन्छ। नेकपा माओवादीका नेता पोष्टबहादुर बोगटी तीन नम्बर क्षेत्रमा काङ्गे्रसका बहादुरसिंह लामा र एमालेका महेन्द्र पाण्डेसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। जनयुद्धमा सफल मानिएका नेता बोगटी चुनावी–युद्धमा भने सफल हुन सक्नुहुने सम्भावना क्षीण मानिएको छ। सिन्धुपाल्चोकको क्षेत्र नं. एकमा नेपाली काङ्गे्रसका मोहनबहादुर बस्नेत र नेकपा एमालेका अरुण नेपालबीच प्रतिस्पर्धाको स्थिति छ। त्यस क्षेत्रमा निकै बलियो मानिएका बस्नेत पछिल्लो समयमा केही कमजोर हुनपुगे। उनले आफूलाई पूर्ववत् अवस्थामा लैजान भरमग्दुर प्रयास गरिरहेका छन्। एमालेभित्रबाटै अन्तर्घात गराउन बस्नेतले गरेको प्रयत्न सफल हुनसकेमा बस्नेत नै विजयी बन्न सक्ने सम्भावना छ। सिन्धुपाल्चोकको दुई नम्बर क्षेत्रमा नेपाली काङ्गे्रसका भुपेन्द्र थापा र एमालेका सुवास कर्माचार्यबीच मुख्य प्रतिस्पर्धाको स्थिति छ। यो प्रतिस्पर्धामा एमालेका सुवास कर्माचार्य थापाभन्दा केही अगाडि देखिएका छन्। तर, माओवादीले एमालेलाई पराजित गरिदिने नीतिअनुरूप थापालाई मतदान गरिदिएको अवस्थामा भने काङ्गे्रस विजयी बन्न सक्ने सम्भावना छ। त्यस्तै, काभे्रपलाञ्चोक जिल्लाको चार निर्वाचन क्षेत्रमध्ये एकमा नेपाली काङ्गे्रसका मधु आचार्य र माओवादीका सूर्यमान दोङबीच प्रतिस्पर्धा छ। तामाङहरूको मूल बस्ती रहेको त्यस क्षेत्रमा एमाले र माओवादीका सहित सातजना तामाङ उम्मेदवार छन्। चुनावी माहोल जातीय आधारमा विभाजित हुँदै जाँदा अन्य पार्टीमा रहेका क्षेत्री तथा ब्राह्मणहरूले पनि मधु आचार्यलाई समर्थन गरेका छन्। गोविन्दनाथ उपे्रतीले आचार्यलाई समर्थन गर्ने हो भने काङ्ग्रेसको विजय सुनिश्चित हुने देखिन्छ। त्यसो नभएमा थोरै मतले माओवादीका दोङ र आचार्यमध्ये एक निर्वाचित हुने स्थिति छ। काभे्रको दुई नम्बर क्षेत्रमा काङ्गे्रसका तीर्थबहादुर पसखलभन्दा नेकपा एमालेका केशव बडाल बलिया छन्। त्यहाँ बडालको विजय निश्चित मानिएको छ। त्यस्तै तीन नम्बर क्षेत्रमा काङ्गे्रसका शिवप्रसाद हुमागाईंभन्दा नेकपा एमालेका कृष्णप्रसाद सापकोटा केही बलिया देखिएका छन्। तर, उहाँहरूबीच धेरै मतको अन्तर रहने देखिन्न। चार नम्बर क्षेत्रमा पनि काङ्गे्रसका राजेन्द्र खरेलभन्दा एमालेका विदुर सापकोटा केही अगाडि रहेको मानिन्छन्। माओवादीले एमालेको बढी मत काट्न सक्ने आशामा रहेका खरेलले भने आफैं विजयी बन्ने ठानेका छन्। ललितपुरको एक नम्बर क्षेत्रमा काङ्गे्रस उदयशमशेर राणा, एमालेका मधुसुदन पौडेल र माओवादीका वर्तमान पुन (अनन्त) बीच त्रिपक्षीय टक्कर रहेको छ। केशरबहादुर बिष्टको समेत राम्रो प्रभाव क्षेत्र मानिएको त्यहाँ बिष्ट आफैं जित्ने स्थितिमा नभए पनि कसैलाई हराउन या जिताउन सक्ने हैसियतमा छन्। काङ्गे्रसका उदयशमशेरले दुई कम्युनिस्ट उम्मेदवारको प्रतिस्पर्धाको बीचबाट आफू निस्कन सक्ने आशा गरेका छन्। एमालेले आफैं जित्ने विश्वास लिएको छ भने माओवादीका वर्षामान पुन पनि विजयी बन्नेमा ढुक्क छन्। माओवादीले पनि ललितपुरको एक नं. क्षेत्रलाई आफ्नो आधार क्षेत्र मानेको छ। त्यहाँ एमाले र माओवादीबीच मूल प्रतिस्पर्धा छ, तर दुईमध्ये थोरै मतको अन्तरले एमाले विजयी बन्ने सम्भावना बढिरहेको बताइन्छ। ललितपुरको दुई नं. क्षेत्रमा काङ्गे्रसको चन्द्रलाल महर्जन लोकप्रिय मानिए पनि उनीभन्दा एमालेका सिद्धिलाल सिंह उम्मेदवारका रूपमा बलियो मानिएका छन्। माओवादीका राजकाजी महर्जनले राम्रै लहर ल्याउन थालेको हुँदा काङ्गे्रसका चन्द्रलाल महर्जनले विजयी बन्ने आशा राखेका छन्। तर, त्यहाँ अहिलेसम्म सिद्धिलाल सिंह नै विजयी हुनसक्ने अवस्थामा छन्। ललितपुरको तीन नम्बर क्षेत्रमा काङ्गे्रसले उम्मेदवारी चयनमा गरेको गम्भीर गल्तीका कारण नराम्रोसँग पराजय भोग्ने स्थितिमा पुगेको छ। त्यस क्षेत्रमा नेकपा माओवादीकी पम्फा भुसाल र नेकपा एमालेका रघुजी पन्तबीच कडा प्रतिद्वन्द्विता हुने देखिन्छ। पछिल्लो चरणमा भुसालको स्थितिमा निकै सुधार भएको हुनाले पन्तलाई निकै अप्ठ्यारोमा परेको छ। त्यस क्षेत्रमा काङ्गे्रसले तेस्रो स्थानको मत प्राप्त गर्ने देखिन्छ, जब कि ओमकार श्रेष्ठलाई नै उम्मेदवार बनाएको भए पनि यसपटक त्यहाँ काङ्गे्रस विजयी बन्ने सुनिश्चित थियो। धादिङको एक नम्बर क्षेत्रमा नेपाली काङ्गे्रसका दिलमान पाखि्रन र नेकपा माओवादीका पुष्पविक्रम मल्लबीच तीव्र प्रतिस्पर्धाको स्थिति छ। दुई नम्बर क्षेत्रमा काङ्गे्रसका रामनाथ अधिकारी र एमालेका गंगालाल तुलाधरबीच प्रतिस्पर्धाको स्थिति छ। त्यस्तै, तीन नम्बर क्षेत्रमा भने नेकपा एमालेका राजेन्द्र पाण्डे, नेपाली काङ्गे्रसका डा. राजाराम कार्की र नेकपा माओवादीका शालिकराम मजकटेलबीच त्रिपक्षीय टक्करको स्थिति छ।
काठमाडौंको एक नं. क्षेत्रमा काङ्गे्रसका प्रकशमान सिंहभन्दा एमालेका प्रदीप नेपाल अगाडि देखिएका छन्। तर, त्यहाँ माओवादीले प्रकाशमान सिंहलाई सघाएको अवस्थामा भने सिंहकै विजय हुने सम्भावना पनि कतिपयले देखेका छन्। दुई नम्बर क्षेत्रमा नेकपा एमालेका माधवकुमार नेपाल विजयी हुने निश्चित मानिएको छ। तीन नम्बर क्षेत्रमा काङ्गे्रसका चक्रबहादुर ठकुरी एमालेका रामेश्वर फुयालभन्दा बलियो मानिएका छन्। तर, चार नम्बर क्षेत्रमा भने काङ्गे्रस उम्मेदवार सुप्रभा घिमिरेभन्दा एमालेकी विद्या भण्डारी नै अगाडि देखिएकी छिन्। पाँच नम्बर क्षेत्रमा काङ्गे्रस उम्मेदवार नरहरि आचार्य सबैभन्दा मेहनती र चर्चित उम्मेदवार मानिनुहुन्छ। वामपन्थीहरूले समेत समर्थन गरेको हुँदा आचार्यको स्थिति अलिक बलियो भएको छ। तर, दरबारियाहरूको समेत धेरै मत रहेको मानिने उक्त क्षेत्रमा लोकतान्त्रिक गणतन्त्रका वास्तविक अनुयायी मानिनुहुने आचार्यलाई पराजित तुल्याउन दरबारियाहरू सफल भए भने त्यहाँ नेकपा एमालेका ईश्वर पोखरेल विजयी बन्नुहुने अवस्था छ। ६ नम्बर क्षेत्रमा काङ्गे्रसका भीमसेनदास प्रधान, एमालेका योगेश भट्टराई र नेकपा माओवादीका हितमान शाक्यबीच त्रिपक्षीय टक्करको स्थिति रहेको छ। सात नम्बर क्षेत्रमा नेकपा एमालेका राजेन्द्र श्रेष्ठ र माओवादीकी हिसिला यमीबीचको प्रतिस्पर्धामा राजेन्द्र श्रेष्ठ बलियो मानिएका छन्। काङ्गे्रसकी उम्मेदवार प्रमिला सिंह डङ्गोलको त्यहाँ सामान्य चर्चा–परिचर्चा पनि हुने गरेको छैन।
काठमाडौंको आठ नम्बर क्षेत्रमा काङ्गे्रसका नवीन्द्रराज जोशी, एमालेकी अष्टलक्ष्मी शाक्य र माओवादीका सर्वोत्तम डङ्गोलबीचको प्रतिस्पर्धामा शाक्य केही अगाडि रहेको मानिन्छ। नौ नम्बर क्षेत्रमा काङ्गे्रसका ध्यानगोविन्दज रञ्जित र माओवादीका माइला लामाभन्दा एमालेका कृष्णगोपाल श्रेष्ठ बलियो देखिएका छन्। दस नम्बर क्षेत्रमा एमालेका सानु श्रेष्ठलाई बलियो मानिए पनि पछिल्लो चरणमा माओवादीका उम्मेदवार प्रचण्डले आफ्नो स्थितिमा निकै सुधार ल्याउनुभएको बताइन्छ। एमालेको एउटा पक्षको मात्र भए पनि समर्थन प्राप्त भएमा प्रचण्डको विजय सुनिश्चित मानिन्छ। तर, प्रचण्डको मत बढ्दा एमालेको घट्ने र त्यस्तो अवस्थामा आफैं विजयी बन्ने आशा काङ्गे्रसका राजेन्द्र केसीले गरेका छन्। भक्तपुरको एक नम्बर क्षेत्रमा नारायणमान बिजुक्छेको विजय निश्चित मानिएको छ भने दुईमा काङ्गे्रसका लेखनाथ न्यौपाने र एमालेका गणेशबहादुर खत्रीबीच टक्करको स्थिति छ। माओवादीका अर्जुन थापाले पनि आफूलाई पहिलेभन्दा निकै बलियो बनाइसकेका छन्। रसुवामा काङ्गे्रसका बालचन्द्र पौडेल र माओवादीका पे्रम तामाङबीचको प्रतिस्पर्धामा पौडेल केही बलिया देखिएका छन्। तर, स्वच्छ र शान्तिपूर्ण निर्वाचन नभएमा पे्रम तामाङ नै विजयी भए भने कुनै आश्चर्य नहुने बताइन्छ। 
 
http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=8939
Read Full Discussion Thread for this article