Posted by: bikash kc April 9, 2008
तपाईंको जिल्ला मा क-कल्ले जित्दैछन? guess मारु न त.....
Login in to Rate this Post:     0       ?        
अगाडि् को
२६-चैत-२०६४,बुधवार
 बबिता बस्नेत
देशको इतिहासमा पहिलोपटक हुन लागेको संविधानसभा निर्वाचनमा तीनवटा राष्ट्रिय राजनीतिक दलहरूबीचको मुख्य प्रतिस्पर्धाबाट नै चुनावी परिणाम प्राप्त हुने देखिएको छ। उम्मेदवारहरूको मनोनयनपत्र दाखिलाको समयदेखि चैतको मध्यसम्म सर्वाधिक सुदृढ देखिएको नेकपा एमालेलाई चुनावको तिथिसम्म आफ्नो पूर्ववत् स्थिति जोगाउन निकै कठिन भएको महसुस गरियो भने पछिल्लो समयमा नेपाली काङ्गे्रस र नेकपा माओवादीको पूर्वस्थितिमा प्रशस्त सुधार भएको पाइएको छ। नेपाली काङ्गे्रसले उम्मेदवार चयनमा गरेको गम्भीर हेलचेक्र्याइँका कारण देशका सयौं चुनाव क्षेत्रमा कार्यकर्ता तथा समर्थकहरू असन्तुष्ट हुन पुगेका थिए, तर चुनावी प्रतिस्पर्धा तीव्र हुँदै जाँदा असन्तुष्टहरूले समेत पछिल्ला दिनहरूमा उम्मेदवार होइन, पार्टीको 'मुख' हेर्दै निर्वाचन अभियानमा सरिक भइदिँदा काङ्गे्रसको पूर्वस्थितिमा केही सुधार हुन पुगेको हो। यतिबेला उम्मेदवारी चयनलाई लिएर असन्तुष्ट बनेका काङ्गे्रस कार्यकर्ताहरू पूर्ण रूपमा सक्रिय भइसकेका छन्। त्यसैगरी नेकपा माओवादीले पनि उम्मेदवारी दर्ताको समय यता आफ्नो स्थितिमा धेरै सुधार गरेको देखिएको छ। सुधारको यो क्रम अरू एक महिनासम्म जारी राख्न पाउने स्थिति हुन्थ्यो भने माओवादीले चुनाव परिणाममा धेरै ठूलो अन्तर ल्याउन सक्दथ्यो।
स्थितिमा सुधार हुन थाल्दा मतदानको तिथि नजिकै आइसकेको हुँदा सुधारको पर्याप्त लाभ लिन सक्ने अवस्थामा भने माओवादी देखिएको छैन, नेकपा एमालेलाई राम्रै धक्का पुर्या उने हदसम्मको सुधार मात्र माओवादीले गर्न सकेको छ। नेपाली काङ्गे्रसले उम्मेदवार चयनका क्रममा गरेको त्रुटिका कारणले मात्र जित्न सकिने देखिएका बयालीसदेखि उनानपचास (४२–४९) सम्म स्थान गुमाउने अवस्था पैदा भएको थियो। तर, अब माओवादीका कारण स्थिति केही बदलिएको छ र नेपाली काङ्गे्रसले पूर्वअनुमान गरिएको भन्दा केही बढी स्थानमा विजय प्राप्त गर्ने सम्भावना बढाएको छ। ज्ञातव्य छ, विश्लेषकहरूले नेपाली काङ्गे्रस कम्तीमा चौसठ्ठी (६४) स्थानमा विजयी बन्ने र थप बत्तीस (३२) स्थानमा तीव्र प्रतिस्पर्धामा रहेको अनुमान गरेका थिए। प्रतिस्पर्धाको बत्तीस स्थानमध्ये जतिमा काङ्गे्रस विजयी बन्न सक्छ उक्त सङ्ख्या चौसठ्ठी (६४) मा थपिएर हुन आउने सङ्ख्या नै काङ्गे्रसले प्राप्त गर्ने परिणाम मानिएकोमा माओवादीले एमालेलाई धक्का दिएका कारण अरू केही थप स्थानमा पनि काङ्गे्रस विजयी हुनसक्ने देखिएको छ। वाम उम्मेदवारहरूबीच तालमेलका निम्ति माओवादीले राखेको प्रस्तावप्रति एमाले सकारात्मक नभएको ठानेपछि माओवादीले 'एमालेलाई देखाइदिने' रणनीति लिएको छ। माओवादी सूत्रले जनाएअनुसार एमाले वामपन्थीहरूको संयुक्त विजय चाहँदैन भने ऊ पराजित हुँदा कसले जित्छ भन्ने विषयमा चिन्ता गरिरहने अवस्थामा पनि माओवादी छैन। तर, माओवादीको पहिलो प्राथमिकता 'जसरी भए पनि' आफैं जित्ने नै रहेको छ। कदाचित जे गरे पनि आफू विजयी नबन्ने देखिएका सम्बन्धित क्षेत्रमा एमाले उम्मेदवारलाईचाहिँ हराइदिने नीति माओवादीले लिएको बताइन्छ। जसरी पनि जित्ने नीतिअन्तर्गत माओवादीले 'जो जहाँ बलियो छ उसलाई ठोक्ने र कमजोरलाई बोक्ने' नीतिअन्तर्गत कतिपय निर्वाचन क्षेत्रमा नेपाली काङ्गे्रसमाथि पनि घातक आक्रमण भएको छ। तर, आक्रमणको मूल निसानाचाहिँ एमाले नै बनेको छ। माओवादीले बढी प्रहार त्यस्ता उम्मेदवार भएको क्षेत्रमा गरेको छ जो विगतमा माओवादीप्रति ज्यादा आक्रामक देखिएका थिए। काङ्गे्रसका विनयध्वज चन्द र गोविन्दराज जोशीदेखि बलबहादुर केसीसम्म र एमालेका केपी ओलीदेखि राजेन्द्र पाण्डेसम्मलाई आक्रमणको तारो बनाइनुको कारण उहाँहरूको विगतको राजनीतिक भूमिकालाई नै मानिएको छ।
नेकपा माओवादीले तराईमा आफ्नो पक्षमा लहर सिर्जना गर्न नसके पनि पहाडी क्षेत्रमा निकै राम्रो लहर सिर्जना गरेको छ। यो लहरले माओवादीलाई दर्बिलो जनाधार भएको कम्युनिस्ट पार्टीका रूपमा स्थापित गर्न सक्ने सम्भावना देखाएको छ। तर, चुनावमा विजयी नै बन्न सक्ने सिटसङ्ख्या भने कम देखिएको छ। देशका करिब पैंतीस (३५) निर्वाचन क्षेत्रमा तीव्र प्रतिस्पर्धा गरिरहेको माओवादीले सबै क्षेत्रमा विजय हासिल गर्योक भने दुई सय चालीसमध्ये पैंतीस स्थान प्राप्त गर्न सक्ने सम्भावना छ। समानुपातिकतर्फ दसदेखि चौध प्रतिशतसम्म मत लिन सक्ने अवस्थामा पुगेको राजनीतिक विश्लेषकहरूले देखेका छन्। तर, माओवादीले भने निर्वाचन परिणामले आफूलाई सबैभन्दा ठूलो वामपन्थी दल या कम्तीमा एमालेबराबरको हैसियतमा पुर्यातउने विश्वास लिएको छ। एमालेको स्थिति माओवादीले अपेक्षा गरे जति कमजोर भइसकेको मान्न सकिने अवस्था छैन। केही निर्वाचन क्षेत्रहरूमा माओवादीका कारण पराजय भोग्नुपर्ने अवस्थामा एमाले पुगेको भए पनि  
संविधानसभामा काङ्गे्रसभन्दा केही सिटले अघि या बराबरीको सङ्ख्यामा विजयी बन्ने अपेक्षा जुन एमालेले गरेको छ, त्यसलाई विश्लेषकहरू नाजायज मान्न सकिरहेका छैनन्। संविधानसभामा कुनै प्राविधिक कारणवश सबैभन्दा ठूलो दल एमाले बन्न सकेन भने पनि सबैभन्दा ठूलो वामपन्थी दल बन्नबाट रोक्न सकिने अवस्थाचाहिँ एमाले छैन। एमालेको समर्थक पङ्क्तिलाई माओवादीले आफूतिर आकर्षित गर्न सकेको भए पनि साङ्गठनिक आधार यथावत् रहेको मानिन्छ। साङ्गठनिक आधार र चुनावी कौशलका कारण नेकपा एमाले आफ्नो राजनीतिक हैसियत जोगाउन सक्ने देखिएको छ। विभिन्न सर्वेक्षणका प्रारम्भिक चरणमा नेकपा एमालेले दुई सय चालीस (२४०) मध्ये कम्तीमा असी (८०) देखि पचास (८५) सम्म स्थानमा विजय हासिल गर्न सक्ने देखिएकोमा पछिल्लो चरणमा आफ्नो उक्त हैसियत जोगाउन एमालेले कठिन सङ्घर्ष गर्नुपर्ने अवस्था देखापर्योम, एमालेको यही अप्ठ्यारो काङ्गे्रसका लागि प्राविधिक दृष्टिले केही सिट सङ्ख्या बढाउन आधार बनेको छ। माओवादी र एमालेबीचको चरम् प्रतिस्पर्धाको फाइदा उठाउँदै झिनो मतले भए पनि आफू विजयी बन्ने आशा काङ्गे्रसका धेरै उम्मेदवारले राखेका छन्, तर दुई वामबीचको द्वन्द्वकै कारण काङ्गे्रसले थप कति सिट हात पार्न सफल होला निश्चितता गर्न सकिने स्थिति छैन। काङ्गे्रसले पूर्वअनुमान गरेभन्दा केही बढी स्थानमा विजय हासिल गर्ने सुनिश्चितता भने बढ्दै गएको छ।  
तराई र भित्री मधेसका एक सय १९ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा काङ्गे्रस र एमालेबीच नै मूल प्रतिस्पर्धाको स्थिति रहेको भए पनि मधेसी जनअधिकार फोरमले झापादेखि कञ्चनपुरसम्म नै आफ्नो प्रभाव देखाएको छ। तराईमा क्रियाशील विभिन्न राजनीतिक समूहहरूमध्ये फोरमको जनाधार अन्यको तुलनामा बलियो देखिएको छ। तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीका अनेक समूहहरूभन्दा फोरम प्रभावकारी देखिएको सन्दर्भमा उक्त दलले संविधानसभामा प्रतिष्ठित स्थान हासिल गर्न सक्ने सम्भावना छ। भौगोलिक क्षेत्रका आधारमा हुने निर्वाचनमा सात मात्र स्थानमा विजय प्राप्त गरे पनि संविधानसभामा फोरमको समानुपातिकको समेत गरी पन्ध्र (१५) देखि बीस (२०) सिट हुनसक्ने देखिन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनाधिकार फोरमबीच चौथो ठूलो राष्ट्रिय पार्टी बन्नका लागि प्रतिस्पर्धा हुने अनुमान विश्लेषकहरूले गरेका छन्। तर, देशको सबै भूक्षेत्रमा प्रभाव नभएका कारण फोरमभन्दा राप्रपा नै ठूलो पार्टी बन्ने सम्भावना रहेको पनि कतिपयले ठानेका छन्। जे होस्, मुलुकका पाँच प्रमुख दलभित्र नेपाली काङ्गे्रस, नेकपा एमाले, नेकपा माओवादी, राप्रपा र जनअधिकार फोरम पर्न सक्ने सम्भावना टड्कारो बन्दै गएको छ। जनमोर्चा, जनशक्ति, तमलोपा, सद्भावना र नेमकिपाजस्ता समूहहरू भने फेरि पनि 'साक्षी किनाराको' हैसियतमा नै देखापर्ने स्थिति रहेको छ।
http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=8924
Read Full Discussion Thread for this article