Posted by: Nepe April 8, 2008
Vote for pro-republic leaders
Login in to Rate this Post:     0       ?        

Chyame_Kancha,

 

I salute your sensitivity and your respect to the victims of a black history of our country.

 

This in a form of some cold data probably should not be here. But it is also possible that you bumped into a wrong place.

 

That said, your remarks took me to what a guest blogger in mysansar dot com is fearing about our future.

 

 

विगत बिर्सिने सम्भावना

 

चुनाव पश्चात खडा हुने नयाँ वातावरणमा पुरानो नेपालका कुराहरु असान्दर्भिक हुने सम्भावना छ । विगतका विकृति, अन्याय, अत्याचार, भ्रष्टाचार र अनैतिक कृयाकलापहरुमा आधारित रहेर कुराकानी, समिक्षा वा विश्लेषण गर्ने प्रयत्न सकेसम्म निरुत्साहित हुनेछ । काँग्रेसको अगुवाइमा भएगरेका भ्रष्टाचार, एमालेका अकर्मण्यता तथा दिशाहीनताका कारण गुमाएका अवसरहरु, तथा माओबादिका हत्याहिंसा र अत्याचारका कथाब्यथाहरु सकेसम्म विर्सने प्रयास गरीने छ । कसैले कुरो कोट्याउनै खोजेपनि, - पुरानो नेपालको कुरा गरी के साध्य ? - भन्ने स्तरको टिकाटिप्पणी गरेर त्यसको बिषयवस्तुलाइ हल्का देखाउने र त्यस्ता छलफल तथा विवादहरुबाट पन्छिने प्रयास हुने छ । छिटपुट पत्रकार तथा अनुसन्धाताले बिगतलाइ केलाएर गूणदोष खुट्याउने प्रयास गरेता पनि त्यसले जनचासो आकर्षित गर्न नसक्ने सम्भावना धेरै छ । अप्ठ्यारै परेर जवाफदेहि बन्नु पर्ने स्थीतिमा पनि - उहिले हाम्रो त्यस्तो नीति थियो, कमजोरी थियो, गलती थियो, तर नयाँ नेपालमा हामीले हाम्रा नीति र ब्यवहारहरु परीवर्तन गरीसकेको हुनाले ती पुराना कुराहरु कोट्याउनाको अर्थ छैन, हामी नयाँ नेपाल बनाउने अभियानमा संलग्न भएको हुनाले पुराना कुराहरुमा अल्झेर समय बर्बाद गर्न हुन्न - भनी तार्किक प्रतिकार गर्ने तथा आ-आफ्नो अनुकूल ब्याख्या गर्न सबै अग्रसर हुनेछन । यस्तो प्रयासहरुले बिगतप्रतिको दृष्टीकोणलाइ असान्दर्भिक तुल्याउनुको साथसाथै पुरानो नेपालमा गरेका अपराधहरु सोलोडोलो माफ गर्ने खालका दण्डहिनतालाइ अझै संस्थागत गर्ने खतरा रहनेछ ।

 

 

http://www.mysansar.com/?p=2572

 

 

 _________________

Read Full Discussion Thread for this article