Posted by: ktm_bis April 8, 2008
breaking news: चार माओवादी कार्यकर्ताको हत्या
Login in to Rate this Post:     0       ?        

संविधानसभा निर्वाचनको लागि २ दिनमात्र बाँकी हुँदा अप्रिल ८ तारिख राती नेपाली काँग्रेस दाङ क्षेत्र नं. १ का उम्मेदवार तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निर्देशनमा दाङ लमहीको राजपूरा भैसाही नाकामा सशस्त्र प्रहरीले वाईसिएलको गाडिमाथि सांघातिक आक्रमण आफ्ना ४ जना (वाईसिएल) कार्यकर्ताका हत्या गरेको आरोप माओवादीले लगाएको छ ।

माओवादीको केन्द्रीय सूचना व्युरोद्धारा प्रेसित विज्ञप्तिअनुसार काँग्रेस उम्मेदवार खड्काको निर्देशनमा प्रहरीले आज साँझ ६ः४५ बजे अत्याधुनिक हतियार एसएमजिले आक्रमण गरी आफ्ना कार्यर्ताको हत्या गरेको हो  जनाएको छ । हत्या हुनेमा पूर्णजंग सेन सहित ४ जना रहेका छन् । अन्य ३ जना मृतकको भने राति साढे ११  बजेसम्म पनि नाम खुल्न सकेको छैन ।
सशस्त्र प्रहरीको आक्रमणमा परी अन्य १० जना वाईसिएल कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये अझै ४ जनाको  अवस्था गम्भीर रहेको विज्ञप्तिमा जनाइएको छ ।

घटनाको छानविन गरी दोषीमाथि कडा कानुनी कार्वाही गर्न सरकार, निर्वाचन आयोग, विभिन्न मानवअधिकारकर्मी, संविधानसभा निर्वाचनको लागि पर्यवेक्षणको भूमिका निर्वाह गर्न आएका देशी विदेशी पर्यवेक्षकहरूमा माओवादी पार्टीको केन्द्रीय सूचना व्यूरोले समेत अपील गरेको छ ।
त्यसैगरी नेपाली काँग्रेसकै कार्यकर्ताले सुर्खेत क्षेत्र नं. १ का नेकपा (एमाले) उम्मेदवार ऋषीप्रसाद शर्माको हत्या गरेको घटनाको समेत सूचना व्यूरोले गम्भीर ध्यानाकर्षण गर्दै दोषीमाथि छानवीन गरी कार्बाही गर्न सम्बन्धित सबैमा व्युरोले अनुरोध गरेको छ ।

एमालेका उमेद्वारको गोली प्रहारबाट मृत्यु

दुर्गा थापा

सुर्खेत, अप्रिल ८

एमालेका सुर्खेत क्षेत्र नं. १ को गोली प्रहारबाट मृत्यु


नेकपा एमालेको तर्फबाट सुर्खेत जिल्लाको क्षेत्र नं १ बाट प्रत्यक्ष प्रणाली अर्न्तगत संविधानसभाको निर्वाचन सदस्यका प्रत्यासि ऋषिराज शर्माको अप्रिल ८ तारिख साँझ गोली प्रहारबाट मृत्यु भएको छ ।
नेकपा एमाले सुर्खेतका अनुसार नेपाली काङ्ग्रेसका कार्यकर्ताको गोली प्रहारबाट गम्भीर घाइते भएका शर्माको उपचारको क्रममा मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।
मैनताडा गाविसबाट मेहेलकुना तर्फ जाँदै गर्दा शर्मा चडेको भे. १ च ७६० नम्वरको गाडी माथि साँझ ५.३० बजेतिर ढुङ्गामुढा भएपछि गाडी बाहिर निस्केका शर्मामाथि गोली प्रहार गर्दा उनको पेटमा गोली लागेको बताइएको छ । गोली लागेका शर्मालाई उपचारको लागि अस्पताल पुर्‍याइएकोमा उपचारको क्रममै मृत्यु भएको हो ।
सो घटनामा गाडी चालक दीपक वलीको हातमा तरवारले काटी घाइते भएकोमा उनको उपचार मध्यपश्चिम क्षेत्रीय अस्पतालमा भइरहेको छ ।

 

 

Read Full Discussion Thread for this article