Posted by: Nepe April 7, 2008
Vote for pro-republic leaders
Login in to Rate this Post:     0       ?        

स्याकु सर,

 

तपाईलाई सम्विधानसभाको चुनावप्रणाली बारे ज्ञान छैन जस्तो छ । नत्र माओवादीको एक सिट पनि आउदैन भनेर एकहप्ता पछि नै लाजमान्नु पर्ने गरी झुठो साबित हुन यस्तो दाबी गर्नु हुने थिएन ।

 

पहिलो हुनेले जित्ने चुनावमा माओवादीले हारेको ठाउँको मत खेर जान्छ, तर समानुपातिक चुनावमा सम्पूर्ण देशभरीको मत जोडिने हो । जम्मा मतसंख्याको 1% मात्र मत ल्याए पनि 3 देखि 4 वटा सम्म सिट जित्न सकिन्छ ।

 

पछिल्लो चुनावमा जाबो राप्रपाले पनि 10% मत ल्याएको थियो ।

 

त्यसैले कुनै पार्टीले एक सिट पनि ल्याउदैन भनेर चुनावप्रणालीबारे अज्ञानता नदेखाउनुहोला ।

जानेको कुरा भनेको हो, जान्ने हुन्छ नभन्नुहोला ।

Nepe 

Read Full Discussion Thread for this article