Posted by: chanaa_tarkaari April 7, 2008
चुनावको चर्चा र मेरो भोट
Login in to Rate this Post:     0       ?        

नेपे दाजि,

-'कतिपय मुलुकमा त्यहाँको राजनैतिक समुहलाई सही ठाउँमा पुर्‍याउन परिस्थितिले ठेल्दाठेल्दै पनि उनीहरु त्यसको विपरित दिशामा गएर देशलाई पुनर्द्वन्दमा फसाएका छन् '-

नेपालमा नेताहरुको मनोगत चाहनाले मात्रै पुनर्द्वन्द चर्कने वा टिक्ने वातावरण छैन, त्यसैले अन्य मुलुकतिरका पुनर्द्वन्दसित दाँज्न मुश्किल छ । विपि+गणेशमानले भारतीय आशीर्वादको अभावमा पुनर्द्वन्दलाइ टिकाउन नसकिने महशुस गरेर राजासित मेलमिलापको नीति तय गर्नु परेको उदाहरण छ ।

 

राधा उपाध्याय जी,

भोट कसलाइ दिने तपाइको अधिकारको कुरो हो, त्यसमा म कमेण्ट गर्दिन, तर तपाइले संविधान सभा, समावेसी, संघियता आदी वर्तमानमा प्रशिद्द नाराहरुको प्रर्बर्तक माओबादि हो भनेको चाहिं कता कता चित्त बुझेन । मैले जाने सम्म यी कुनै पनि नारा माओबादीको होइन, माओबादीले शुरुवातमा जनयुद्ध थाल्दा समावेसी र संघियताको कुरो गर्न जानेको नै थिएन । २००७ साल देखि थाति रहेको संविधान सभाको कुरो चै थियो क्यार । पछि गएर जुन नारा दिंदा जनता आकर्षित हुन्छन त्यहि नारा च्याप्ने नीति लिन थाले पछि, विशेष गरी गोपाल खम्बु जस्ता खम्बुवानि नेताहरुलाइ माओबादीमा हुलेर सैन्य शक्ति विस्तार गर्नको निमित्त यस्ता जातीय र क्षेत्रीय नाराहरु माओबादीले च्याप्न थालेको हो । यस्तो नाराले जनसमर्थन बटुल्न सहयोग गरेको र त्यसलाइ पछिल्लो समयमा संघिय संरचनामा परिमार्जित गरी प्रस्तूत गरेको हो, त्यसैले माओबादी यी नाराहरुको प्रवर्तक होइन ।

 

Read Full Discussion Thread for this article