Posted by: sajhabusaima April 6, 2008
ला दाजु भाइ दिदि बहिनि परिबर्तन गरौ हाम्रा गाँउ , आउनुस भागलिनस र बोलनुस के लाग्छ
Login in to Rate this Post:     0       ?        
३. यस गाबिस मा ९५% जनसाधारण बाच्ने भनेको एग्रिक्लचर अनि यसको बिकास हुनु सबै भन्दा अनिबार्य छ, सबै तरिका बाट।
३.१. सस्टेनेवल एग्रिक्लचर को अबधारणा लाइ अगाडि लेर्याउने।
३.२.  गाबिस मा रहेको पशु स्बास्थ र एग्रिक्लचर डेभलपमेन्ट का कर्मचारि को सग्दो सहयोग लिने र हरेक बार्ड हरेक महिना को एक पटक अनिबार्य रुप मा उहाँहरु लाइ जनसाधरण सँग जम्काभेट गराउने, र आइपरेका समस्या लाइ हल गर्ने। हल हुन नसकेका समस्या केन्द्र वा सम्बन्धित निकाय बाट खोज्ने ।
३.३.हरेक जनसाधरण लाइ इन्टरनेट सम्म पहुच पुर्याउने कि जसले गर्दा उनिहरु को समस्या को निराकरण गर्न सजिलो मात्र हुने छैन कि यसले परेको खन्ड मा प्राबिधिक सँग सम्पर्क र उनिहरु को ज्ञान र सिप अरुलाइ सिकाउन पनि सजिलो हुनेछ ।
३.४.जनसाधरण को हित लाइ ध्यान मा राखि साझा डिपो हरुलाइ गाँउ गाँउ पुर्याउने,यसका लागि  समाजिक लगानि लाइ प्रोत्साहान दिने।
३.५. अत्याधुनिक मल हरु र औषधि को प्रयोग बाट हुने खतरा लाइ ध्यान दिदै जन साधारण लाइ चेतना जगाउन यसबारे घर दैलो मा कार्यक्रम लैजाने।
३.६ एग्रिक्लचर पेसामा लागेका मानिस हरु को हरेक बार्ड मा समुह बनाउने। जसले पशु स्बास्थ र एग्रिक्लचर डेभलपमेन्ट का कर्मचारिहरु सँग मिलेर त्सय बार्ड मा  एग्रिक्लचर बिकास को लागि सग्दो प्रयास गर्नेछन् । जसले गर्दा कर्मचारि हरु को तल्लो तह सम्म पहुच पुग्ने छ।
३.६ जनसाधरण को हित लाइ ध्यान मा राखि जनसाधरण बाट उत्पादित सामान को सहि मुल्यमा बेच्ने प्रबन्ध गाबिस ले मिलाउने, यसको लागि गाबिसका हरेक बार्ड मा संकलन कर्ता को नियुक्ति गरिने टेनडर को आधारमा, जसले गर्दा उनिहरु ले भाउमा मर्नु पर्दैन ।
३.७ जनसाधारण को हित मा राखि बिउ बिजन लाइ सजिलै र प्रभाबकारि रुपमा तल्लो स्तर मा पुग्ने बनाउन साझा सँस्था सँग , जिल्ला एग्रिक्लचर डेभलेप्मेन्ट अनि स्थानिय ब्यापारिक सँस्था सँग मिले गाबि मा एउटा भन्डारण को निर्माण गर्ने।
३.८ स्थानिय स्तर मा खुला डेरि वा एग्रिक्लचर बिषय मा काम गर्ने संस्था हरु लाइ हरु भन्दा प्राथामिकता दिने जसले गर्दा उनिहरु को तल्लो स्तर सम्म पहिच पुग्न सजिलो हुने छ  र उनिहरु ले बाहिर बसेका डेरि ले भन्दा जनसाधारण को कुरा बुझ्नेछन।
३.९ यस पेसा मा लागेका मानिस र यस बाट आस्रित मानिस हरु को बिस्त्तित तथ्याङ्क बनाउने, जसले गर्दा उनिहरु सम्म पुग्न सजिलो हुनेछ।
३.१० उनिहरु लाइ गोबर ग्याँस र सोलार पावर को बारे मा धेरै ज्ञान दिने जसले गर्दा मट्टितेल, डिजेल र ग्याँस मा मानिस कम आस्रित हुनेछन र सरकार तथा अरु संस्थाले ले दिदै आएको अनुदान को कदर गर्दै हरेक किसान को घर सम्म पुर्याउने।
३.११ उनिहरु लाइ ३ महिना मा एक पटक सस्टेनेवल एग्रिक्लचर र यसका बाट मा आएका प्रगति र बाधा हरु को बारेमा ट्रेनिङ दिने।
३.१२ गाबिस मा जनस्तरमै एग्रिक्लचर  बा घरेलु उधयोग चलाउन प्रोतसाहन गर्ने र त्यसका लागि भर मजदुर सहयोग गर्ने ।जसले गर्दा अरु लाइ पनि ब्यबसाय शुरु गर्ने होसला मिल्दछ ।

३.१३ गाबिस भरि मा रहेका जति पनि खुद्रा, होलसेल , तरकारि, मासु पसले देखि सर्बसाधारण लाइ बाहिर बाट ले्रायएको खाना र गाँउ मै उत्पादित मा के फरक छ भनेर चेतना जगाउने , जसले गर्दा गाँउ को उत्पादन को महत्व बढने मा्त्र होइन  हेल्थि खाने बानि को पनि बिकास हुन्छ ।

http://en.wikipedia.org/wiki/Sustainable_agriculture
http://www.ciesin.org/docs/004-176a/004-176a.html
Sustainable Agriculture: An Introduction
http://attra.ncat.org/attra-pub/PDF/sustagintro.pdf
Applying the Principles of Sustainable Farming
http://attra.ncat.org/attra-pub/PDF/Transition.pdf
Organic Crop Production Overview     
http://attra.ncat.org/attra-pub/PDF/organiccrop.pdf
Holistic Management: A Whole-Farm Decision Making Framework
http://attra.ncat.org/attra-pub/PDF/holistic.pdf
Biointensive Integrated Pest Management (IPM)
http://attra.ncat.org/attra-pub/PDF/ipm.pdf
http://attra.ncat.org/attra-pub/perma.html#intro


Read Full Discussion Thread for this article