Posted by: Nepe April 6, 2008
चुनावको चर्चा र मेरो भोट
Login in to Rate this Post:     0       ?        

Mr. Truth-jyu,

 

तपाईले राजनैतिक अकर्महरुको लामो सूची प्रस्तुत गरेर मेरो दावी (समर्थ सामुहिक राजनीति) को पक्षमा बहस गर्न झण्डै धौधौ बनाईदिनुभयो !

 

तर पनि म अझै के भन्न चाहन्छु भने अन्य द्वन्दग्रस्त मुलुकमा भईरहेका द्बन्दनिवारण र राजनैतिक परिवर्तन भन्दा हाम्रो आफ्नो केसमा धेरै पक्ष उत्तम श्रेणीको छ ।

 

तपाईले जुन "परिस्थीतिले ठेलेर बाध्यताबश सहि ठाउँमा पुगेको" भन्नुभयो, त्यो सही हो । तरै पनि त्यो के अर्थमा समर्थतामै गनिनुपर्छ भने कतिपय मुलुकमा त्यहाँको राजनैतिक समुहलाई सही ठाउँमा पुर्‍याउन परिस्थितिले ठेल्दाठेल्दै पनि उनीहरु त्यसको विपरित दिशामा गएर देशलाई पुनर्द्वन्दमा फसाएका छन् । मेरो बहस यत्ति हो ।

 

अनि तपाईले गलत राजनैतिक कर्महरुको जुन सूची प्रस्तुत गर्नुभयो त्यसमा कुनै व्यक्तिविशेषको, कुनै दलविशेषको र कुनै चाही परोक्ष वा आंशिक मात्र दोष भएका छन् ।

 

जहासम्म केही सामुहिक राजनैतिक अकर्म छन्, तिनीहरुलाइ पनि जटील समयमा भएका त्रुटीहरुको रुपमा हेर्ने कि भन्ने मेरो आग्रह छ । जस्तै:

 

1. नागरिकता:

 

नागरिकता नीति अति उदार भएको पनि हो ( 1990 लाई cutoff year मानेको) । नागरिकता वितरण उदारतापूर्वक (साक्षी-प्रमाणमा खासै कडाई नगरेको र कतिपय केसमा भौतिक दबावमा परेको) गरेको पनि हो । तर मलाई यो खासै गम्भिर त्रुटी लाग्दैन । तपाई र मेरो अन्यत्र पनि कुराकानी भएकै हो, मैले सुनेसम्म 22 लाख नागरिकता तराईमा मात्र वितरण भएको होईन । तराईमा 10 लाख र पहाडमा 12 लाख वितरण भएको हो । यो तथ्यांक गलत नभएसम्म म यसलाई समस्याको रुपमा देख्दिन ।

 

2. सांसदलाई रु. 10 लाख

 

मैले बुझेसम्म कमसेकम निर्णय हुँदाखेरि यो सांसदले आफुखुशी खर्च गर्न पाउने नभई सांसदको क्षेत्रमा कुनै प्रकारको सर्वदलिय समितिको निर्णय अनुसार त्यहाको विकास-निर्माणमा खर्च गर्ने गरी भएको हो । यसको पालना नहुने वा दुरुपयोग हुनसक्ने सम्भावना त सर्वज्ञान नै हो । तर मौलिक रुपमै गलत निर्णय भने होईन यो ।

 

अहिलेलाई यत्ति ।  

 

Nepe

Read Full Discussion Thread for this article