Posted by: anjaansharma April 6, 2008
मैले नभनेका ऊनका कथाहरु॥॥१
Login in to Rate this Post:     0       ?        

अन्जान शर्मा, २०६१/०९/२५  शुभम्॥॥

 

 

म एक व्यक्ती, जो समाज, शस्कार अनि आफ्नो जीवन प्रतिको दायित्व बुझेको एक निरिह हुँ। मलाइ थाहा थियो, ऊनि सफल हुन्नन् भन्ने। तर ऊनले मलाई असफल बनाउने  र आफु सफल हुने कोसिसमा पनि थिईनन्। हुनत सबै दोश ममा आयो होला तर मैले आत्मालाई ढाँटिन र सकिन पनि। ऊनले मलाई औधि प्रेम दर्साइन्, मेरा लागी आँशुपनि बगाईन्। मैले ऊनको प्रेमको मुल्य बुझिन, अमुल्य प्रेम सम्झेँ। शायद केहि खोट ममा पनि थियो होला। म ऊनिसँग प्रतिस्पर्धा गर्न चाहन्न थेँ। यदि ऊनको चोखो प्रेम थियो भने, ऊनले पनि त्यसो गर्थिनन् होला।

ऊनको चाहना र मेरो सोच भिन्न बन्दै जान थाले। हाम्रो जीवन रेखा बिपरित ध्रुब तिर जान थालीसकेका थिए। तैपनि हामी सम्झौताको सँघारमा उभिने कोसिसमा थियौँ। सम्झौता गर्दा गर्दै पनि, एकले अर्कोलाई बुझ्दा बुझ्दै पनि, मैले र ऊनले हाम्रो जीवनरेखालाई मिलाउन सकेनौ, र समानान्तर रेखा बन्दै जान थाले।

ऊनले एक निरिहलाई मेरा सामु ऊभ्याइन। म एक निरिहले, अर्को निरिहसँग  प्रतिस्पर्धा गर्नु गल्ति सम्झेँ र आफुलाई युध्द मैदानबाट टाढा लगेँ।त्यो निरिह जीवन ऊनिसँग फेरि कुश्ति खेल्दै छ। जुन उनको मनोरञ्जन नबनोस् मैले बुझेको छु। हार ऊनकै हुन्छ, किनकी, फेरि त्यो निरिह जीवन पनि युध्द मैदान छोडेर भाग्ने छ। ऊनले फेरि अर्को निरिह जीवनलाई ऊभ्उने छिन्। उनि यस मामिलामा कुशल खेलाडी हुन्। म जस्ता निरिह जीवनहरु कुनै श्रीङ्खलाका पात्र जस्ता हुने छौँ। त्यो पनि अतिथि पात्र जस्ता। क्रमश पात्रहरु बदलिने छन्। जहाँ ऊस्को भुमिका स्मरण योग्य हुने छैन।

 

 

Read Full Discussion Thread for this article