Posted by: MR_TRUTH April 6, 2008
Login in to Rate this Post:
0
?
नेपेगुरु, मेरो बिचार तपाइको सन्दर्भमा
१) चित्त बुझ्दो कुरो । बुद्दिजिवी बर्ग नै नेपालको लागि किन अभिशाप भैरहेछ, बुझन नसकिने कुरो । दलहरु छिडिदिऔ, नागरिक समाजका लक्समन अर्याल जस्ता बुझडले लिडेढिपि नगरेको भए बिगत २ बर्षमा अलि शान्ति हुन्थो र चुनावका लागि राष्टघाती सम्झौताहरु गर्नुपर्दैन थियो । जोश जाँगर भएका तर आफ्नो राजनितिक चाटुकारिताको भबिष्यवाणी फलको अनुमान लगाउन नसक्ने सँग मेरो पटक्कै बिश्वास, स्रद्दा छैन, यसमा गगन थापा जस्ता पनि पर्छन ।
२) जनआन्दोलन १ होस या २ त्यो क्रान्ति होइन सम्झौता हुन, याहाँ सम्म कि २००७ साल पनि क्रान्ती होइन । क्रान्तीका लागि त बिपक्स्यको हरण भएको हुनुपर्दछ ।तसर्थ निणर्योत्तर लाइ अर्को अप्सन भन्नै मिल्दैन । गर्न त जे पनि मिल्छ तर निश्पक्सयताको जुन जग हो त्यसलाइ नहालिकन बनाएको घर पक्का हुँदैन । भोलि २०,३० हजार हिन्दुवादीहरु जँगल पसे भने देशको स्थिति उहिँ आएर उभिन्छ । अनुमानको परकाष्टा होला तर जेपनि सँभव छ । कुनै पनि प्रतिकुल सँभावनालाइ मथ्य पार्नु नै राजनितिक दुरदर्शिताको परिपक्वता हुनेछ ।
३) मेरो बिचारमा सँबिधानसभा मात्र गिरिजाको legacy का लागि हुदैछ। धेरैले उनलाइ सालिक बन्ने स्वप्न देखाए, त्यसैले उनि भलै छोटे लोन्डुप किन नबनोस, द्रिढ छन । आखिरमा यो उमेरमा अरु कुनै उपाय नै छैन तसर्थ "मरेपछि डुमै राजा" को बाजी लगाएका छन । तसर्थ माओवादिको हारले माने नै राख्दैन किनभने अहिले सम्मको घडीमा उनिहरुले बहुदलबादलाइ स्वीकार गरेकै छैनन । यो चुनाव उनिहरुको एउटा पत्ता मात्रै (राजशक्त्ति फाल्ने) हो र जित्नैपर्ने मानसिकता अर्को सत्य । तेस्रो स्थानले राजा फाल्न सम्म माने राख्ला तर शक्त्ती सन्तुलन पछि उनिहरु पहिलोमा नै आउनु पर्छ, शान्ति प्रकियाको उल्लेख गरेर के फाइदा? यहि सोचे होलान केहि बुझड बुद्दिजीविहरुले। मावोबादिलाइ राम्रै स्थान आउने सोच्दछु भोटका लागि कुटपिट र किनबेचले गर्दा सबै पक्छय बराबरीमा आएका छन तर बहुमत सबैको मिस्रित हुनेछ जसले समस्या अझ जटिल बनाउने छ । सँबिधान सभा माओवादि माँग भएपनि पछिल्लो देशको स्थिति पश्चात उनिहरु गोलमेच सम्मेलनको निर्णयमा आए, प्रयास गरे, सफल भएनन तर यसले केहि न केहि राष्टियताको बिषयमा उनिहरुको गँभिरता प्रष्ट हुन्छ । जे जस्तो आँकडा अनुसार गिरिजाबाजेले बाजि गरेका छन उनै जानुन तर बिदेशी दबावमा लादिएको हतारिएको परिंणाम एउटै हुनेछ, अराजकता र कंचिगल । फेरी चुनाव नहुदा पनि त्यसतै किनभने समयमै उनि चुकिसकेका छन । बिखण्डनको बिउँ रोपिइसकेको छ बाँकि मलजल गर्ने कि एसिड डाल्ने त्यो भबिष्यको जोडघटाउले नै बताउला तर उनलाइ त्यो दिन हेर्नुपर्ने पक्कै पनि छैन । भन्नुहोला जनता चुनावको पक्छयमा छन, नहुनु पनि कसरी? शान्ती को कार्ड जो फेकिएको छ । तर प्रचार प्रसार भने सँसदिय शैलिमै गर्नु, ५०% अशिषित भएको देशमा जनतालाइ सँबिधानसभाको आसय बुझाउने कुनै प्रयासै नहुनु , २% भन्दा कम बिग्यहरुको उम्मेद्वारी इत्यादिले हतारिएको चुनाव सत्ताभोगका लागि मात्रै गरिएको या गरिने प्रष्ट छ । किनबेच मोलतोल पछि कत्तिको हुनेछ हेर्दै जानोस । जे होस माओबादी जिते नेपालि सेनामा उनिहरुको घुसपैठ हुनेछ हारे भने भारतीयहरुको । नेपालीको लागि अपच्य तितोसत्य यही नै हो। त्यतिबेला नेपाल सतिले सरापेको देश नभइ बीपी ले लगाएको ऋण हुनेछ ।