Posted by: sajhabusaima April 5, 2008
ला दाजु भाइ दिदि बहिनि परिबर्तन गरौ हाम्रा गाँउ , आउनुस भागलिनस र बोलनुस के लाग्छ
Login in to Rate this Post:     0       ?        
१.१७ हरेक तिन महिना मा गाबिस भरि रहेका क्लब हरु अनि गाबिस र बार्ड का सदस्यहरु को एक ठाँउ मा जमघट हुने छ र त्यसको प्रगति र प्रगति का पाइला मा आएका ब्यबधान लाइ पन्छाउने प्रयास गरिने छ ।
१.१८ गाबिस ले गाबिस का सम्पुर्ण बासिन्दा को घर मा भोलिएन्टर को फर्म पठाउने छ जुन एक्षिक हुनेछ र फर्म फिर्ता भएर गाबिस मा आए पछि त्यसैको आधार मा हरेक बार्ड मा भोलिएन्टर हरु को लिस्ट तयार गरिन्छ र त्यिनै मध्यका ले माथि का क्लव, पुस्तकालय अनि बास क्लब को संचालन गर्नेछन।जसले गर्दा समाज मा शिक्षा प्रति लगाब मात्र बढने छैन हरेक परिवारलाइ समाज प्रति दाइत्ब सिर्जना हुन जाने छ र यसले गर्दा अशिक्षित हरुलाइ पनि शिक्षा पहुचहुनेछ ।
१.१९ बिदेश मा बसेका दाजु दिदि भाइ बहिनि लाइ गाबिस का शैक्षक बिकास सम्म आप्नो पहुच राख्न निम्न बर्ग का बिध्यार्थि हरु को लागि स्कलरशिप दिन को बाताबरण बनाइने छ जसले गर्दा बिदेशमा बस्ने दाजु दिदि मा पनि देश प्रति माया बढन जाने छ। त्यस साथै बिदेश स्थित दाजु दिदि भाइ बहिनि हरु को संस्था खोलिने छ, जसले बिदेशमा रहेका त्यस गाबिस सँग सम्बन्धित जनसाधारण सम्म गाबिस को शैक्षिक प्रगति को बिबारण मात्र नभइ त्यिनिहरु ले स्पनसर गरेका भाइ बहिनि को प्रगति समिक्षा पनि दिनेछन, जसले गर्दा उनिहरु मा पनि गाबिस को शिक्षा सुधार मा एउटा दाइत्व जानेछ।यसैगरि यो संस्थाले बिदेसबाट गाबिस र यसको शैक्षिक सुधार मा हुन सक्ने सहयोग गुटाउन का लागि पनि पहल गर्ने छ ।

Read Full Discussion Thread for this article