Posted by: sajhabusaima April 5, 2008
ला दाजु भाइ दिदि बहिनि परिबर्तन गरौ हाम्रा गाँउ , आउनुस भागलिनस र बोलनुस के लाग्छ
Login in to Rate this Post:     0       ?        
नेपेजि धन्यबाद तपाइ को  साथ को लागि । देश परिबर्तन हुदैछ तर गाँउ मा यो कहिले पुग्ने  थाहा छैन त्यसैले यसलाइ मैले याँहा सम्म लेर्याए र साझामा पाल्नुहुने सम्पुर्ण देशप्रेमि लाइ बोल्न को लागि आग्रह गर्दैछु ।

म स्वास्थ, बिकास र रोजगारि का साथ साथ मा गाँउ लाइ हरेक तरिका बाट कसरि परिबर्तन गर्न सकिन्छ भन्ने सोच मा यो लेख्दैछु  हुनसक्छ म सँग सबै कुरा मा त्यति धेरै ज्ञान नभएर गल्ति कमजोरि भएको हुनसक्छ र आस छ तपाइ जस्ता बुद्धिजिबि बर्गबाट  यसलाइ सच्चाउने काम हुनेछ।


१.८ हरेक ३ महिना मा एकदिन बिध्यार्थि, शिक्षक र अबिभावक बिच अन्तर्क्रिया कार्यक्रम राख्ने र अभिभावक लाइ अनिबार्यरुप मा भागलिन लगाउने, जसले गर्दा सामाजिक रुपमै शिक्षा अनि बिध्यालय को बारेमा चासो हुन्छ। यसले हरेक अभिभाबक लाइ आफ्ना बच्चा बच्चि लाइ बिध्यालय पठाउन पर्ने र शिक्षाको महत्ब बढन जानेछ। यो बिकास को लागि त्यो अति आबस्यक छ ।

१.९ गाँउ मा रहेका कलेज मा अध्यनरत भाइ बहिनि अनि शिक्षक शिक्षिका मार्फत माथि तथ्याङक लाइ आधार मानेर अशिक्षित बर्ग मा पर्नु भएका दाजु दिदी आमा बुबा हरुलाइ प्रौढ अनि ब्यबसाहिक शिक्षा तालिम दिने। जसमा साधारण ब्यपार गर्दा चाहिने सम्पुर्ण ज्ञान , पढाइ लेखाइ देखि लिएर हिसाब पनि समेटिने छ।

१.१० पर्यटकिय क्षेत्र नजिक भएका ले त्यस सम्बन्धि बिशेष कार्यक्रम भाषा, ब्यबसाय अनि सिप दक्षता का लागि काम गर्ने र यसका लागि त्यस क्षेत्रमा रहेका पर्यटन सम्बन्धि संस्थाहरुको सग्दो सहयोग लिने।

१.११ बिध्यालयहरु मा शिक्षक अनि बिध्यार्थि लाइ कम्प्युटर र इन्टरनेट सम्म पहुच पुर्याउने।जसका लागि गाबिस स्तर मा उठाइने कर को सदुपयोग गर्दे हेरक बार्ड मा वाएरलेस एकसेस पोइन्ट र कम्पयुटर लाब को ब्यबस्था गर्ने र यसको रेखदेख बार्ड मा रहने पुस्तकालय ले गर्ने छ।कलेज का बिध्यार्थि को हक मा र गाँउमा रहनु भएका अरु को हक मा पनि माथि को नियम हरु लागु हुनेछ ।झसले गर्दा पुस्तकालय को महत्व बढने छ र मानिस मा पढने बानि को बिकास हुने छ ।

Read Full Discussion Thread for this article