Posted by: Nepe April 5, 2008
Sajha getting unpopular ?
Login in to Rate this Post:     0       ?        

चनाज्यू,

 

राजनैतिक विषयमा शिष्ट, गम्भीर र प्रौढ वादविवाद साझाको पौराणिक कथा भईसक्यो ।

 

खासमा साझा अब वयस्क वादविवादको भन्दा पनि प्रवासी किशोरकिशोरीको चाखको सूचना र मनोरञ्जनको थलोको रुपमा विकसित हुँदैछ ।

 

राजनैतिक विषयमा शिष्ट बहसको लागि कुनै ईन्सेन्टिभ छैन यहाँ । गम्भिर राजनैतिक बहस तुरुन्तै तोडफोडमा परिहाल्छ ।

 

तपाईले नै एक ठाउँमा साईबर बहसलाई शाब्दिक मैथुन भनेर संज्ञा दिनु भएको थियो नि, त्यही भाषामा भन्ने हो भने एक जमानामा यहाँ वयस्कहरुको passionate तर शिष्ट शाब्दिक orgy चल्थ्यो । अहिले त अल्पसूचित र मैथुनकुण्ठीत किशोरहरुको शाब्दिक quickies र शाब्दिक sadomasochism अधिक चल्छ यहाँ । :-(

 

त्यसैले, राजनैतिक बहसलाई तिलाञ्जली दिएर बरु अराजनैतिक क्षेत्रका सामाग्री, सूचना र मनोरञ्जनको खातिर साझामा पाल्नुभए हुन्छ । ईटालियन उखान छ नि, रुम्जाटारमा बस्न रुम्जेली काईदा सिक्नुहोस् (When in Rome, do as the Romans do)

 

आउनुस्, केही सांगीतिक कोसेलीहरु स्वीकार गर्नुहोस् मेरो तर्फबाट ।

 

http://sajhasansar.com/browseMusic.php?userID=141

 

Nepe

Read Full Discussion Thread for this article