Posted by: Nepe April 5, 2008
चुनावको चर्चा र मेरो भोट
Login in to Rate this Post:     0       ?        

चनाज्यू,

 

नेपालको अहिलेको आवश्यकता भनेको कुनै एक दलको पूर्ण बहुमत नभएर बढी भन्दा बढी समुहहरुको प्रतिनिधित्व हो । नेपाली मतदाताहरुले विगतमा सामुहिक चेतनशिलता (collective wisdom) देखाएको कुराले (उदाहरणार्थ: 1994 को चुनावमा नेपाली कांग्रेसलाई अलिकति सजाय दिएका छन्) यसपालीको चुनावमा पनि आजको आवश्यकता जे हो त्यही नजिकको निर्णय दिनेछन् भन्ने कुरामा म आशावादी छु । तपाईको आफ्नै मतमा पनि त्यही भावना प्रतिबिम्बित भएको देख्छु ।

 

परिणामको हकमा, नेपाली कांग्रेस र एमाले मध्ये एउटाले केही झिनो अन्तरले सर्वाधिक बहुमत लेराउला भन्ने लाग्छ मलाई । बहुमत जसले लेराए पनि, सत्तामा वर्चस्व यो वा त्यो रुपमा नेपाली कांग्रेसकै रहनेछ । त्यो अरु कारणले भन्दा पनि एमालेले वा वाम सामुहिक मोर्चाले आजसम्मका हकमा राज्यलाई नेतृत्व दिन आत्मविश्वास नभएकोले वा हिच्किचाईरहेकोले हो । नेतृत्वको चिठ्ठा पर्‍यो भने लिने नत्र भने ज्यानै दिएर नलाग्ने मनस्थिति वा परिस्थितिमा छन् सम्पूर्ण वामपन्थीहरु । माओवादी पनि नेतृत्वमा कांग्रेसलाई नै राखेर राज्य-रुपान्तरण चाही आफुले भने जस्तो गराउँदै लैजाने रणनैतिक वाध्यात्मकता र मनस्थितिमा छ ।

 

सारमा भन्नुपर्दा, अन्य द्वन्दग्रस्त मुलुकका तुलनामा हामी एउटा गौरवै गर्नुपर्ने र पूर्ण आशावादी हुनुपर्ने सौभाग्यपूर्ण सकारात्मक सन्तुलनको अवस्थामा छौं । र यो चुनावमा कुनै नाटकिय परिणाम आएन भने त्यो सन्तुलन र त्यसै अनुसारको अग्रगमन जारी रहनेछ ।

 

नाटकिय परिणाम आएछ नै भने पनि केही समयको आश्चर्य-शोषण अवधी सकिएपछि दलहरु, जनता र मुलुक सामान्यिकरण र अनुकुलीकरणतर्फ अगाडि बढ्नेछन् । गणतन्त्रको संस्थाकरण हुदै जाने हो अब । सबभन्दा ठूलो बहस र विवाद चाही संघात्मक स्वरुपमा हुनेछ । मेरो विचारमा, अहिले प्रादेशिक संघात्मकतामा जुन दबाब छ, त्यो विस्तारै कम हुँदै जानेछ र त्यसको ठाउँमा स्थानिय स्वशासनमा बढी जोड दिने खुकुलो वा आलंकारिक प्रादेशिक संघात्मकताले बहसको ठाउँ लिनेछ । माओवादीले पनि उसको घोषणापत्रमा घुमाउरो पाराले यही कुराको वलालत गर्न शुरु गरेको छ । जातिय र क्षेत्रिय गणराज्य र आत्मनिर्णयको शब्दावली त्यागै त गरिसकेको छैन, तर त्यसलाई स्थानिय स्वशासन र राष्ट्रिय अखण्डतामा जोड दिएर धूमिल (ambiguous) बनाउन शुरु गरेको छ । यस्तो लाग्छ, माओवादी अहिलेसम्म सिकाउने भूमिकामा थियो भने अब सिक्ने ठाउँमा आईपुगेको छ ।

 

समष्टिमा, चुनाव, शान्ति प्रक्रिया र राज्यपुनर्संरचनाका बहस, सबै कुरा सकारात्मक र गतिमान देख्छु म ।

 

मैले यो चुनावमा नाटकिय परिणाम आउने आशा गरेको छुईन । पुरानै शक्ति सन्तुलनमा सामान्य जोडघटाउ हुने आशा गरेको छु । पुराना तीन आमनिर्वाचनको परिणाम र प्रवृत्ति पूर्वानुमानको लागि धेरै सहयोगी हुनेछ ।

 

 

Results of previous general elections:

 

 

No. of seats won:

 

 

1991

1994

1999

NC

110

83

113

UML

69

88

69

RPP

4

20

12

Janamorcha

9

0

6

Sadbhavana

6

3

5

Bijukchhe

2

4

1

 

 

 

Percentage of votes secured:

 

 

1991

1994

1999

NC

37.75

33.38

36.14

UML

27.98

30.85

30.74

RPP

11.94

17.93

10.14

Janamorcha

4.83

1.32

1.37

Sadbhavana

4.10

3.49

3.13

Bijukchhe

1.25

0.98

0.55

 

 

Nepe

Read Full Discussion Thread for this article