Posted by: sajhabusaima April 5, 2008
ला दाजु भाइ दिदि बहिनि परिबर्तन गरौ हाम्रा गाँउ , आउनुस भागलिनस र बोलनुस के लाग्छ
Login in to Rate this Post:     0       ?        
यो मेरो नितान्त मेरो सोचाइ हो तपाइ सँग मेल खान पनि सक्छ नखान पनि त्यसैले यसको बारेमा तपाइको भाषामा लेख्न सक्नु हुने छ।यो त केबल हाम्रा समाजमा राजनिति गर्नेहरु तपाइ हामि बिचका मध्यका एक हौं र हमिले एउटा सोच लियर जानु आबस्यक छ । त्यति मात्र

१. हरेक लाइ शिक्षा
मेरो गाबिस जुन महेन्द्र राजामार्ग सँग जोडिएको छ र एउटा बिकाससिल गाबिस मा पर्दछ चितवन को । तर पनि त्याँहा अझै पढन नपाएका धेरै भाइ बहिनिहरु छन् अनि कति दाजु दिदि र आमा बुबाहरु ले अक्षर चिन्नु हुन्न । त्यसैले सुधार ल्याउने सोच यस्तो छ हुनसक्छ तपाइहरु सँग म भन्दा राम्रो सोच र हाम्रो देशको हरेक गाँउ लाइ परिबर्तन लेर्याउन सकिन्छ यस्तै सोचले। ल सुरु गरौ गाँउ बनाउने कुरा बाट सिधै देश बनाउने भन्दा।

१.१ गाबिस मा शिक्षा अनुगमन गर्न एक कर्मचारि राखिने, जुन शुरुका केहि बर्ष सम्म समाजसेवा सरह रहने छ . उसले गाबिस मा भएका शैक्षिक संस्थाको प्रर्गति को मुल्याङकन मात्र गर्दैन कि कुनै क्षेत्र मा सुधारिनु पर्ने छ भने त्यसमा सल्लाहा पनि दिन्छ गाबिस र स्कुल लाइ।

१.२ गाबिस मा निर्वाचित हुने सदस्य अनि शिक्षा अनुगमन कर्मचारि र गाँउ का समाजसेबि मार्फत हरेक बार्ड मा कति मानिस बस्छन र कति ले कति पढेका छन मात्र नभएर कस कसका कति छोरा छोरी छन, कस कसले काँहा पढछन वा पढाउछन, कति मा पढछन र कति घरको कमाइ हुन्छ र कति दाजु भाइ दिदि बहिनि ले पढेका छैन्न भनेर (बिस्त्रित तथया्ङ्क ) डिजिटल प्रबिधिमा रेकड राख्ने र हरेक साल अपडेट गर्ने, जसले गर्दा गाबिस मा भएका बिध्यार्थि को रेकड मात्र नभइ सक्लरर्सिप को लागि पनि सजिलो हुन्छ र प्रगति समिक्षा मा पनि यथार्थ रुप थाहा हुन्छ।साथमा कुन कुन वार्ड मा कति को प्रायोरोटि दिन आबस्यक छ शिक्षा सुधार को लागि भन्ने।

१.३ माथि को तथ्यांक को आधार मा जसको कमाइ निम्न छ उनिहरुलाइ स्कलरसिप को ब्यबस्था गर्ने । जसका लागि सरकारि स्कुल मार्फत गाँउ मा भएका आर्थिक सम्पन्न बर्ग सँग उनिहरु का नाम स्कलर्सिप दिन आग्रह गर्ने र सरकारि सहयोग को भरमजदुर प्रयोग लिने धेरै भन्दा धेरै परिवार लाइ आर्थिक भार बाट कम गर्न ।

१.४ जति पनि प्राइभेट स्कुल हरु गाबिस मा चलिरहेका छन् त्यनिहरुलाइ गाबिस मा निम्न आयका बिध्यार्थि मध्य टोटल २५% लाइ अनिबार्य स्कलरसिप दिन लगाउने।जसले गर्दा यसको भार सरकारि स्कुल मा मात्र पर्दैन।

१.५ सरकारि स्कुल लाइ समय सान्दर्भिक बनाउन नयाँ सैलि को पढाइ लाइ महत्व दिने। जसमा शिक्षक हरु लाइ स्कुल स्तरमै हरेक महिना एक दिन ट्रेनिङ दिने(देश बिदेश बाट संकलन गर्न सकिने सामाग्रि को आधार मा )अनि अर्को महिना त्यसलाइ मुल्याङकन गर्ने गरेर ।
१.६ बिधालय नजाने भाइ बहिनि का परिवार लाइ केहि राहात दिएर त्यिनिहरुलाइ स्कुल पु्र्याउने।जसका लागि अभिबाबकहरु लाइ प्राबिधिक ज्ञान दिएर हुन्छ वा गाविस ले अरु कुनै फइदा दिएर हुन्छ । हाल रहेको शिक्षक र बिध्यार्थि को दुरि काम गर्ने प्रयास गर्ने र ब्यबसाहिक ट्युसन पढाउने सरकारि बा प्राइभेट शिक्षकहरु लाइ कर लगाउने वा त्यस मध्यको २४% उहाँले पढाउने स्कुल मा जाने गरेर ट्यसन सँचालन गर्न दिने।

१.७. स्कुल अनि शिक्षण संस्थालाइ आधुनिकि करण गर्ने प्राबि वा निमाबि बाट स्कुल छोडेका हरुको लागि ब्यबसाहिक वा टेक्निकल शिक्षा मा जोड दिने। (साइकल, मोटरसाइल, गाडि मर्मत, मह उत्पादन, दुग्ध उत्पादन )।
Read Full Discussion Thread for this article