Posted by: ktm_bis April 2, 2008
राजाले आकस्मिक बैठक डाके
Login in to Rate this Post:     0       ?        

राजाले आकस्मिक बैठक डाके

काठमाडौँ, (महानगर)। संविधानसभा निर्वाचन आउन मात्र आठ दिन बाँकी रहँदा नारायणहिटी राजदरबारमा आफना आसेपासे लिएर राजा स्वयम् नै बैठकमा जुटेको थाहा भएको छ।


दुइ दिन यतादेखि चलेको बताइएको सो बैठकमा सेनाका केही कर्ण्र्, पर्ूवपञ्च र दरबारिया सहभागी रहेको विश्वस्त स्रोतले महानगरलाई बताएको छ।

बैठकको चाँजोपाँजो भने राजाका मामाले मिलाएको तर उनी आफैँ भने बैठकमा सहभागी नभएको बताइन्छ। नेपाली काङ्ग्रेसका नेता एवम् पूवप्रधानमन्त्री कृष्णप्रसाद भट्टर्राईले राजतन्त्रको पक्षमा खुलेर र्समर्थन जनाउनु र उनका र्समर्थकले संविधानसभा निर्वाचन बिथोल्ने प्रचार गर्नुले थुप्रै शङ्का उब्जाएको बेला दरबारमा बैठक बस्नुले निर्वाचनको माहोल धमिल्याउने शङ्का थपेको छ। स्रोत भन्छ- बैठकमा छलफल चलिरहे पनि निचोड आइसकेको छैन।

यसैबीच नागार्जुन दरबार वरपर लागेको वनको डढेलो निरीक्षँण गरेर र्फकेका राजा ज्ञानेन्द्रले शुक्रबार दरबारमा मुलुकका वरिष्ठ १७ जनालाई हाइटी’ पार्टी आमन्त्रण गरेको पनि स्रोतले बताएको छ।

Read Full Discussion Thread for this article