Posted by: ( * )( * ) April 2, 2008
Help Samikshya
Login in to Rate this Post:     0       ?        
she is so cute, innocent but what tragedy. gotta help this child live folks
छ वर्षीया समीक्षाद्धारा सहयोगको आग्रह
:: अन्तर्राष्ट्रिय समाचार
-
छ वर्षीया समीक्षाद्धारा सहयोगको आग्रह मुम्बइ,२ अप्रिल/ नेपालको दाङ जिल्ला निवासी हिक्मत थापाकी ६ वर्षीया छोरी समीक्षा थापा ब्लड क्यान्सरबाट पीडित छिन् । उनको उपचारका लागि नेपाली १६ लाख रुपैयाँभन्दा बढी खर्च हुने चिकित्सकहरुको भनाइ छ । उनी अहिले भारतको मुम्बइस्थित टाटा मेमोरियल अस्पतालमा उपचारार्थ भर्ना छिन् । तर, आर्थिक अवस्थाका कारण उनको उपचार प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

६ वर्षीया समीक्षाले आफूलाई बाँच्न मन लागेको र मलाइ बचाउनुहोस भन्दै त्यसको लागि तपाइहरुको सहयोगको अपेक्षा गर्छु भन्दै एक पत्र लेखेकी छिन् । पत्रमा उनले लेखेकी छिन्-' म समीक्षा थापा हुँ । म ६ वर्षकी भए । म जनज्योति विद्यामन्दिर दाङमा अध्ययन गर्छु । म अचानक बिरामी भएपछि मलाइ मेरो बुबाले कान्ति हस्पिटलमा उपचार गर्न लानुभयो । तर डाक्टरहरुले मलाइ ब्लड क्यान्सर भएको बताउनुभयो । र मेरो उपचार काठमाडौमा हुन नसक्ने जानकारी दिनुभयो । मलाइ मेरो बुबाले भारतको टाटा मेमोरियल अस्पतालमा लगेर भर्ना गर्नुभयो । म अहिले यहि अस्पतालको बेड नं. २०३ मा छु । मेरो बुबा मैले अध्ययन गर्ने विद्यालयको साधारण शिक्षक हुनुहुन्छ । बुबाको आम्दानीले मेरो उपचार सम्भव छैन । डाक्टरहरुले मेरो उपचारमा १६ देखि २० लाख सम्म लाग्छ भनेका छन् । कृपया मलाइ तपाइको दयालु सहयोग चाहिएको छ । म बाँच्न चाहन्छु । मलाइ बचाउनुहोस । मेरो सम्पर्क फोन इण्डियामा - ९१९८२१३३२७४४ हो । र नेपालमा - ९८४१६३३७२२ र ९८४१५९५६४० हो ।'

Last edited: 02-Apr-08 11:55 PM
Read Full Discussion Thread for this article