Posted by: Nepe April 1, 2008
कतै हामीले नै देशलाई बिखण्डन तर्फ त धकेलेका त छैनौ ?
Login in to Rate this Post:     0       ?        

सानोकान्छाज्यू,

 

नेपालको विखण्डन एउटा तार्किक कारणले असम्भव छ । त्यो कारण के हो हो भने नेपालको कुनै पनि काल्पनिक विखण्डित टुक्रोको स्वतन्त्र अस्तित्वमा टिक्ने सम्भाव्यता नै छैन । टिक्ने सम्भाव्यता नै नभएको कुरो सम्भव हुने कुरै भएन ।

 

हुन सक्ने कति सम्म हो भने केही मुठ्ठीभर मूर्खहरुले विखण्डनको एजेण्डा सम्म बनाउने र राजनैतिक स्थायित्व नआएसम्मको कमजोर घडीमा तिनीहरुले फाटफुट विध्वंस र हिंसा चलाउने हुन् ।

 

कुनै पनि समुदायका आम जनता विखण्डनको पक्षमा छदैछैनन् र कहिल्यै हुने पनि छैनन् । पहिले त, जस्तो मैले भनें, विखण्डित टुक्रोको अस्तित्व नै कल्पनिय छैन । दोश्रो, खास गरेर नेपालको ईतिहासमै पहिलो पटक समावेशी राज्यको सिद्धान्तको प्रवर्तन, प्रतिपालन र कार्यान्वयन भईरहेको यस कालखण्डमा विखण्डन भन्दा ठूलो हास्यास्पद एजेन्डा कुनै हुन सक्दैन ।

 

त्यसैले विखण्डनको सम्भावना सोच्नै पर्दैन । मुठ्ठीभरका विखण्डनवादीहरु तिनीहरुकै समुदायबाट यति तिरस्कृत हुनेछन् कि राज्यले नै दमनमा जानुपर्ने अवस्था नै आउनेछैन होला । दमन नै गर्नु पर्ने अवस्था आयो भने त्यो सम्पूर्ण जनताका सम्पूर्ण समर्थनकासाथ हुनेछ र नेपाली जर्नेलसिंह हरुलाई एकदुई वर्षमा कसैले याद सम्म गर्नेछैन ।

 

समावेशी नेपाल राज्य परम्परागत असमावेशी अधिराज्य भन्दा नैतिक रुपले लाखौं गुणा बढी शक्तिशाली र भौतिक रुपमा दुई-तीन गुणा बढी शक्तिशाली छ । यसको अखण्डता, अविच्छिनता र अग्रगमनमा कुनै शंका गर्नु पर्दैन । गतिमा अनियमितता होला, तर यसको अग्रगतिमयतामा कुनै प्रतिक्रम आउनेछैन । यतिमा म पूर्ण विश्वस्त छु ।

 

Nepe

 

 

Read Full Discussion Thread for this article