Posted by: somewhereondearth March 31, 2008
म मतदान अधिकृत हुंदा.....
Login in to Rate this Post:     0       ?        

फिल्डको काममा एकोहोरिएको रहेंछु । सेल फोनको रिङ्ग टोनमा celine dion “.. im alive…” गाउन थालिन् । म झसंङ्ग भए ।


फोन हेरेको हाकिमको रहेछ । कुराहरु जे सुकै भन्नलाई होस, काम लगाउन वा ‘बाबु, तेरो प्रमोशन भयो भन्न’ मलाई हाकिमको फोन उठाउन साह्रै गाह्रो लाग्दछ । उसो त म अफिसको काम नगर्ने मान्छे पनि होईन । तर पनि भनिन्छ नि ‘घोडाको पछाडि र हाकिम को अगाडि धेरै बेर नबस्नु ।’ खै कारण चाहिं के हो तर मलाई हरेक पटक हाकिम को फोन आउँदा ‘ब्याट्री सकिएर फोन किन dead भएन’ भन्ने जस्ता भावना आइहाल्छन् । शायद मेरो कमजोरी ।

फोन काट्न मिलेन । ‘ हजुर सर’ भनेर उठाँए ।

‘somewhereondearth जी, कता हुनुहुन्छ ?’

फिल्डमा आफैले पठाएर गरिने यो प्रश्न ले धेरै कुरा बोकेको हुन्छ, नेपालि ब्युरोक्रेसिमा ।

‘हजुर सर, म ललितपुरको लेले मा छु अहिले । alpha sector मा pilot pollution clear गर्दै छौं । तर layer 3 मा पनि analysis गर्नु पर्ने जस्तो देखिन्छ, त्यसैले यहां सकेर फेरि एकचोटि OMC जानु पर्छ । भोलि सम्म मा यहांको सकिन्छ ।“


आफ्नो ठाउँको जानकारि दिएपछि, हाकिमलाई too much technical details ले रिन्ङग्याउनु मा मलाई स्वाद लाग्दछ । त्यसपछि हाकिमको बोलिमा जुन intensity change आउँछ, त्यसले मलाई एक किसिमको सन्तुष्टि दिन्छ । या त यो मेरो नितान्त ब्यक्तिगत बैचारिक संकिर्णता हो जसले हाकिमसंग नभएको युद्धमा मेरो ego को विजय बोध गराउँछ । या भने बच्चाबेला देखि समाजले मेरो मन मस्तिष्कमा गाडिदिएका दिनचर्याका दाउपेच, जुन आवश्यक छन, अनिवार्य छन् भनेर बेला बेला मलाई बोध गराईन्छ प्रतक्क्ष वा अप्रतक्क्षरुपमा ।

तर मलाई खुशि लाग्छ, हाकिम अल्मल्याउँदा ।


‘ठिक छ, ठिक छ” मधुरो स्वरमा यति सुन्दा, म मुसु मुसु हाँसे ।

‘तर काठमाण्डौको काम अहिलेलाई बाकि टिमलाई छोडिदिनुस् । निर्वाचनले अनिवार्य उपस्थिति भनेर बोलाएको छ, पर्सि देखि training छ । भोलि बेलुका सम्म बिराटनगर आई पुग्नु होला । “


चित्तै दुख्यो । कहां फिल्डको काम, कहां चुनावको non-technical प्रशासनिक लेठो । त्यहिं माथि, तराईको security problem. मेरो मनले यहि सोच्यो । यो बोलावट संगै केहि बेर अगाडिका तमाम भावना मेरो मनबाट पर- धेरै पर उडिसकेका थिए । मेरो अनुहार खिस्रिक्क पर्यो ।

चेब्रिएको स्वरमा भने “सर, फिल्डमा थिएं, technical भनेर मिलाउन मिल्दैन?”

“मलाई त खटाएका छन् ।सबैलाई हो । सार्न मिलाउन मिल्दैन, बरु चाडों आउनु”


पुर्वेलि शैलिमा हाकिमले फकाए । बुढा आफै पिडित रहेछन् । फोनमा अब बार्गेनिगं को महत्त्व थिएन ।

‘आऽऽ चुनाव त नहोला’ भन्ने जस्ता भावना पनि आए । एक छिन रिस उठ्यो । अफिस देखि, निर्वाचन आयोग देखि अनि तमाम राजनैतिक पार्टीहरु देखि । एक छिन, सहकर्मि हरु संग भडास पनि पोखें । ‘एक त नयां मान्छे, त्यो पनि technical, सजीलो ठाउँमा पार्ला’ मन यस्तै यस्तै कुरा ले होलो खुकुलो भयो ।

बिकल्प केहि थिएन । ब्याग पोको पारे । भोलि पल्ट यति एयरमा हिमाल देखिने साइड छानेर बसे । हिमाल संगै मन पनि उग्लियो । ‘ऐतिहासिक संविधान सभाको निर्वाचनमा मतदान अधिकृत भएर खट्न पाउनु त ठुलो गर्वको कुरा हो’

एयर होस्टेसले पिनट संगै दिएको टिसि पेपर खेलाउदै थिए । TU को English कितावका 5 stages of grief सम्झेर त्यसैमा लेख्न पुगेछुं

-denial

-anger

-bargaining

-depression

-acceptance

अरु कुरा घटना हरु संगै ,।।।।।

meaninglessthinkings@somewhereondearth

Last edited: 31-Mar-08 08:56 PM
Read Full Discussion Thread for this article