Posted by: SateLite March 31, 2008
माई संसार
Login in to Rate this Post:     0       ?        

प्रधानबिमलजि का कमेन्टरुपि खुराकहरु बेलाबेलामा साझामा  ट्यामपास गर्न पढ्दै आइरहेको छु ! उहाँको आक्रोश आफ्नो ठाउँमा जायज होला तर उहाँको चिच्याहट प्रचण्डको अर्थहिन माफि-मगाइ र वाइ सियलको मान्छेकुटाइभन्दा रत्तिभर फरक देख्दिन म !
अब यहाँ उमेश शाक्यको बारेमा vomit गरेर नेपालिपन देखाउनुभन्दा मित्रहरुले आफुमा भयको अतिवादलाइपनि निर्मुल पार्ने कोशिशमा लागे हुन्थ्यो होला ! प्रचण्ड न त गिरिजा नै नयाँ नेपालका नेता हुनसक्छन अब ! गिरिजा निकै संक्रिर्ण सोँचले ग्रसित छन भने प्रचण्ड अतिवादको रोगले पिडित छन ! अघिल्लो दिन आफुले बोलेको कुरा अर्को दिन बिर्सिन्छन तर अचम्म लाग्दो कुरा त यहाँ ग्यासकम्पनिमा काम गरेर बँचेको समय नेपालका तथाकथित कामरेडहरुलाइ गालि गरेर बितायको देख्दा म प्रधानबिमलजिहरुजस्ता ट्यालेन्टेड मित्रहरुले आफ्नो उचित स्थान महशुस गर्न नसकेको महशुस गर्छु !
 एउटा कुराचाँहि मलाइ हाँसो उठ्छ यहाँ माइसंसार बहिष्कारको घोषणा गर्ने मित्रहरु नै त्यो साइट धेरै घुम्ने गरेको तथ्य इन्टरनेट देवतालाइ मात्रै थाहा होला ! उमेशको ब्लगले आन्दोलनताका महत्वपुर्ण भुमिका खेको कुरा सम्झाउन त पर्दैन प्राय तर उमेशको ब्लग कहिलेपनि राजतन्त्रको वकालत गर्ने ठाँउ बनेन अनि त्यहाँ राजाको वकातत गर्ने वकिलहरुले ठँउ पायनन ! अनि निराशित,आक्रोशित हुनु स्वाभाभिकै हो ! तर यसरि उमेशको फोटो अनि ब्लगको बिज्ञापन यहाँ गरेर झन माइसंसारको पपुलारिटि बढाइदिनुभयकोमा म धन्यवादपनि दिन चाहन्छु ! जो प्रख्यात छ उसैको आलोचना हुनु स्वाभाविकै हो मित्रहरु तर माइसंसार त एउटा ब्लगसाइट हो कुनै न्युजसाइट होइन ! त्यहाँ एउटा युवाले तत्कालिन घटनालाइ जे रुपमा हेर्छ त्यसलाइ बिना संपादितरुपमा प्रस्तुत गर्छ ! संपादित गरियका समाचार हेर्नलाइ त अरु न्युज साइटहरु नै छन नि !

कसैसँग लिनुदिनु केहि छैन मित्रहरु ! मन नपरेको कुरामा समर्थन गरेर म आफुलाइ यहाँ तथाकथित बुद्दिजिविको श्रेणिमा राख्नुभन्दा " काम न काजको मान्छे" को दर्जामा राख्न उपर्युक्त ठान्दछु ! but i really appriciate him for wht he is doing although my most of the comments were deleted.

अनि donation को कुरा ! मित्र कसैले कुनै पेशामा फुलटाइम इन्भेष्ट गर्छ भने केहि प्रतिफल खोज्नु प्राक्रितिक कुरा हो ! फेरि तपाँइलाइ माइसंसारका ब्लग पढ्नलाइ क्रेडिट कार्डको इन्फो हाल्ने जरुरि त छैन  नि ! मन लागे Donation गर्ने नभय नगर्ने !
कसैको पपुलारिटिमा जलेर मित्रहरु अनि उसको बारेमा भ्रमको खेति गरेर आफुलाइ उत्कृष्ट सिद्द गर्न खोज्नु प्रचन्डले आफुलाइ भावि राष्ट्रपति घोषणा गरेजस्तै मुर्खता हो मित्रहरु !
मैले यहाँ एकदुइ स्वघोषित महाबिद्वान मित्रहरुलाइ Genius को संज्ञा दियको थियँ एकताका तर एकदिन ति बृद्द मित्रले आफ्नो Gmail बाट उमेशको खेदो खन्न र माइसंसारलाइ बहिष्कार गर्न आग्रह गरेको ताइ न तुइ को इमेल पढेपछ ति मित्रको बिद्वता अनि उहाँबाट बेलाबखत हुने गरेका डेमोक्रेसिका प्रवचनहरु निरर्थक लागेका थिय !
त्यसैले मन नपरेको कुरालाइ हेर्दै नहेरौँ मित्रहरु ! अरुको पपुलारिटिमा आफु घाइते नबनौँ !
मेरो सानो आग्रह !
 

Last edited: 31-Mar-08 09:19 AM
Read Full Discussion Thread for this article