Posted by: MR_TRUTH March 28, 2008
हँुदैन चुनाव
Login in to Rate this Post:     0       ?        
चुनाव हँुदैन, जबरजस्ती गराए के गर्ने?
१५-चैत-२०६४,शुक्रवार

राजेन्द्र उपचारक

आजको ठ्याक्कै दुई सातापछि देशमा पहिलोपटक ऐतिहासिक संविधानसभा निर्वाचन हँुदैछ। नयाँ नेपाल निर्माणका लागि जनताका प्रतिनिधिद्वारा लेखिने संविधानको खाका कोर्न जनताले प्रतिनिधि छान्ने यो चुनावलाई यतिखेर नेपालीले मात्र होइन, विश्वका शक्तिशाली राष्ट्रहरुले समेत गम्भीरतापूर्वक हेरिरहेका छन्। अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरदेखि विभिन्न मुलुकका वरिष्ठ व्यक्तिले फरक–फरक समूह बनाएर चैत्र २८ गतेको निर्वाचन पर्यवेक्षण गर्न नेपाल आउने टिकट काटिसकेका छन् भने नेपाल आइसकेका विभिन्न मुलुकका अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु राजधानीका पाँचतारे होटलमा सामान थन्क्याएर निर्वाचन अभियानलाई नजिकबाट नियाल्न विभिन्न क्षेत्रको भ्रमणमा निस्किएका छन्। निर्वाचन आयोगले आफ्ना सम्पूर्ण तयारी पूरा गरिसकेको छ। तर, निर्वाचनको मिति जति नजिकिंदैछ, त्यति नै निर्वाचन हुन्छ वा हँुदैन भन्ने विषयमा विभिन्न आशंका फरकफरक क्षेत्र, निकाय र समूहबाट उठिरहेका छन्। अग्रगामी र महान् परिवर्तनका लागि गर्न लागिएको भनिएको संविधानसभा निर्वाचनमा सहभागी राजनीतिक दलहरु चुनावी मैदानमा आफ्नो पल्ला भारी पार्न आफ्नो प्रचारात्मक अभियानलाई जारी राखिरहेकै अवस्थामा चुनावमा सक्रिय दलका नेताकार्यकर्तामाथिको आक्रमण, अपहरण र हत्याको श्रृंखला पनि रोकिएको छैन। सरकारकै एउटा महत्त्वपूर्ण निकाय राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनको पूर्वसन्ध्यामा देशका विभिन्न क्षेत्रको भ्रमण गरेर तयार पारेको प्रतिवेदनले समेत निर्वाचनका लागि परिस्थिति अझै प्रतिकुल रहेको सार्वजनिक गरिसकेको छ। संविधानसभा निर्वाचनको मागलाई विशेष रुपमा उठान गरेर त्यही विषयमा नै १३ हजार नेपालीको बलिदान गराएको माओवादीका पछिल्ला रबैयाले उसले जुनसुकै रणनीति र हतकन्डा अपनाएर भए पनि निर्वाचन भाँड्न उद्यत नहोला भन्न सकिन्न। माओवादी अध्यक्ष प्रचण्डले गत आइतवार पत्रकारमाझ एकदुई साताभित्रै मुलुकमा ठूलो दुर्घटना हुने बताउनुले पनि माओवादीले निर्वाचन भाँड्न अर्काे अस्त्र प्रहार गर्छ कि भन्ने जनताको शंकालाई पुष्टि गर्छ। बिहानीले दिनको संकेत गर्छ भनेझैं निर्वाचनअघि भइरहेका घटनाक्रमले निर्वाचन धाँधलीरहित नहुने सम्भावना बढेको छ, रक्तपात त ठाउँठाउँमा भइरहेको र बढ्दो क्रममा नै छ।  
तराईमा देखिएको हिंसात्मक आक्रमण, माओवादीको रबैया, सरकारको कमजोर सुुरक्षानीतिलगायतका विषयले सार्थक निर्वाचन हुन सक्ने आधार देखिंदैन। त्यसमाथि यस्तो ऐतिहासिक निर्वाचनमा देशविदेशका कुनाकाप्चामा रहेका लाखौं नेपालीले मतदान गर्ने अधिकार नपाउनुले निर्वाचनको औचित्यमाथि प्रश्नचिह्न उठ्ने पक्का छ। जनतालाई अधिकारसम्पन्न बनाउने निर्वाचनमा सबै जनता सहभागी हुन नपाउँदा संविधान लंगडो हुनेमा कसैको दुईमत नहोला। पंक्तिकारले पटकपटक यसै स्तम्भमार्फत उल्लेख गर्दै आएको छ कि निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ मनोनयन दर्ता गरेका अनुहारमध्ये दुई प्रतिशत पनि संविधानको खाका कोर्ने विषयमा सक्षम छैनन्, त्यसैले उनीहरु निर्वाचित भएर आए पनि त्यसपछिको संविधान निर्माणमा उनीहरुको भूमिका केही रहँदैन। तर, उनीहरु राज्यको ढुकुटी लुट्नमा व्यस्त हुन्छन्।  
चुनावअघिका अथवा आजको मितिसम्मका घटनाक्रमलाई सूक्ष्म अध्ययन गर्दा जनताकै धारणाझैं पंक्तिकार पनि चैत्र २८ मा निर्वाचन नहुनेमा निश्चिन्त छ। जबरजस्ती आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने र विदेशीको निर्देशनमा दलहरुले निर्वाचन गरिहाले पनि त्यसको कुनै औचित्य रहँदैन। निर्वाचन भइहालेको खण्डमा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस, एमाले, माओवादी, मधेसवादी र राजावादी दलहरुबीच हुने देखिएको छ। तर, यी पाँचवटै समूहको विगत र वर्तमानको चरित्रलाई हेर्ने हो भने ती राजनीतिक दल र त्यसबाट प्रतिनिधित्व गर्ने व्यक्तिलाई जसले मतदान गर्छ, उसको मत खेर जाने सम्भावना पनि त्यतिकै छ। यिनीहरुको विगतलाई एकपटक याद गरौं।  
नेपाली कांग्रेस  
? राणाकालदेखि नै जनताका नाममा हतियार उठाउनेदेखि विभिन्न आन्दोलन गरेर सत्ता कब्जा गरे पनि सीमित व्यक्तिहरुमात्र मोटाउने काम भयो, तर पटकपटक सत्तामा पुगे पनि जनतालाई कांग्रेसले खास राहत दिन सकेन। ? ०४६ सालको राजनीतिक परिवर्तनपछि पहिलो आम निर्वाचन र उपनिर्वाचनमा समेत आफ्नै दलका सभापति कृष्णप्रसाद भट्टराईमाथि अन्तर्घात गरेर पराजित गर्न कांग्रेसका एउटा जत्था तत्कालीन पार्टी महामन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा  सक्रिय रह्यो।  ? ०४६ सालको जनआन्दोलनका कमान्डर सर्वोच्च नेता गणेशमान सिंहलाई जीवनभर संघर्ष गरेको पार्टीबाट बाहिर्‍याउनमा अहिले कांग्रेसमा नेतृत्व गर्ने व्यक्तिहरुको नै ठूलो हात रहेको छ। ? प्रजातन्त्र पुनर्स्थापनापछि  लाउडा, धमिजालगायतका काण्डहरु मच्चाएर भ्रष्टाचारलाई संस्थागत गर्ने पार्टीको रुपमा कांग्रेस र व्यक्तिका रुपमा गिरिजाप्रसाद स्थापित भए।  ? सत्ता जोगाउनका लागि भारतीय समर्थन लिने नाममा राष्ट्रघाती टनकपुर सम्झौता गर्‍यो।  ? सरकारमा बसेर मनोमानी ढंगले राज्यकोषको दुरुपयोग गर्ने, नातावाद, परिवारवाद र कृपावादमा मात्र सीमित रहने तर जनताकोे पिरमर्का र समस्यालाई सम्बोधन नगर्ने कांग्रेसले देशमा अस्थिरता सिर्जना गर्न ०५१ सालमा मध्यावधि निर्वाचनको घोषणा गर्‍यो।  ? सत्तालोभका कारण ०४८ सालमा ११४ स्थान पाएको कांग्रेसले ०५१ मा ६९ स्थानमा सीमित हुनुपर्‍यो। ? २०५६ सालको आम निर्वाचनमा आफ्नो नेतृत्व रहेमा जनताले कांग्रेसलाई मत नदिने हुनाले रणनीतिक चाल चलेर कृष्णप्रसाद भट्टराईको नेतृत्वमा सरकार बनाउने नारा लिएर चुनावमा गई बहुमत हासिल गरे पनि पदलोलुपताका कारण गिरिजाप्रसाद कोइरालाले एक वर्षमा नै भट्टराईलाई प्रधामन्त्रीवाट पदच्यूत गराए। पार्टीगत स्वार्थ र सत्ताप्रतिको मोहका कारण पार्टी छत्तीसे र चौहत्तरेमा विभाजित भयो।  ? दरबार हत्याकाण्ड ग्य्रान्ड डिजाइन भएको बताए पनि अरु केही गुह्य खोल्न नसकेका कोइराला र आफू दरबारनिकटको मान्छे भएको बताउने शेरबहादुर देउवाले राजालाई राजनीतिमा चलखेल गर्ने मौका दिए। ? प्रतिगमन सच्चियो भन्दै कांग्रेसबाटै फुटेका प्रजातान्त्रिक कांग्रेसका  सभापति शेरबहादुर देउवासहित राजाको सरकारमा सामेल भए।  
? सत्ता हात पार्नकै खातिर ऐतिहासिक पार्टीलाई विभाजन गरेर राजालाई बलियो बनाए, जसको फलस्वरुप माघ १९ को कालो दिन नेपाली जनताले देख्नुपर्‍यो।  ? विदेशीहरुको स्वार्थमा राजासँग बार्गेनिङ्ग गर्नको लागि दिल्लीमा भएको १२ बुँदे सम्झौतामा हस्ताक्षर गरी माओवादीलाई संगठन मजबुत बनाउन सहयोग पुर्‍याए।  ? माओवादीले उठाएका सबै मागलाई मान्दै 'बार्गेन'कै भरमा गिरिजाबाबुले आफ्नी पुत्री सुजातालाई मन्त्री बनाए। ?  विगतमा भ्रष्टाचार गरेर बदनामी खेपेका चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी र खुमबहादुर खड्का लगायतलाई नै संविधानसभाको उम्मेदवार बनायो।  ? अरुण र कोशी नदी पनि बेचेको। माथिल्लो कर्णाली र बुढीगण्डकी पनि भारतलाई दिने तयारी गरिरहेको छ।  ? महन्थ ठाकुरलाई तराईमा पठाएर मधेसी जनतालाई धोका दिएको छ।
नेकपा एमाले  
?  ०४८ सालको निर्वाचनमार्फत कांग्रेसको एकमना सरकार गठन भएपछि निहुँबिना नै सय दिनमा सरकार ढाल्ने घोषणा गर्ने एमालेले राजनीतिक अस्थिरता पैदा गर्ने सुरुवात गर्‍यो। ? २०५१ सालको चुनावमा ज्यानमुद्दामा जेल परेका दर्जनौं कार्यकर्ता छुटायोे।  मदन भण्डारीको हत्या प्रकरणलाई एमालेले सत्तामा पुग्ने र विद्या भण्डारीले मन्त्री बन्ने भर्‍याङ मात्र बनाए। भण्डारीको हत्यापछि भएको आन्दोलनमा एक दर्जनभन्दा बढीले ज्यान गुमाए पनि सो हत्याको रहस्य हालसम्म खुलेको छैन। ? ५७ दिनसम्म संसद् अवरुद्ध गरेर संसदीय पद्धतिको उपहास गर्‍यो। ? संस्थागत भ्रष्टाचारलाई बढावा दिइयो।? वामदेवले अवैध सुन भित्र्याएर आधा पैसा पार्टीलाई बुझाए, जसले बल्खू दरबार बन्यो। ?  सरकारमा भागबन्डा नमिलेकै कारण पार्टी दुई भागमा विभाजन भयो। ? पार्टी विभाजनपछि अर्काे पक्षको विरोध गर्दै टँुडिखेलको आमसभाबाट नेपालकै नम्बर १ भ्रष्टाचारीको रुपमा वामदेव गौतमको नाम घोषणा गरियो। तर पछि तिनै गौतमसँग नेपालले पार्टी एकीकरण गरे। ?  ज्ञानेन्द्र राजा बनेपछि दाम राखेर दर्शन गरे। ? राजाले राजनीतिमा चलखेल गरेपछि प्रधानमन्त्री बन्ने लोभमा तस्कर मथुराप्रसाद मास्केले उपहार दिएको बोलेरो गाडीमा दौरासुरुवाल हालेर महासचिव माधव नेपालले दौडधुप गरे। ? प्रधानमन्त्री पदका लागि राजाले खोलेको प्रधानमन्त्रीको टेन्डरमा आवेदन दिने एमाले महासचिव नेपाल नै हुन्। ? प्रतिगमन आधा सच्चाएको भन्दै देउवा सरकारमा सम्मिलित हुन पटक्कै नलजाउने दल एमाले नै हो। ?  भीम रावल पर्यटन मन्त्री हँुदा चाइना साउथवेस्ट सँग सम्झौता गरी विमान काण्ड मच्चायो। ?  सुरासुन्दरीदेखि सुनकाण्ड चेज एयर काण्डहरु मच्चाएर सत्तामा टिक्ने निकष्ट काम गर्‍यो। ?  सत्ताका लागि सैद्धान्तिक मूल्यमान्यतालाई तिलान्जली दिई जोसँग जे पनि संझौता गर्ने पदलोलुपता देखायो।
नेकपा माओवादी  
? जनतालाई सर्वाेपरि (?) मानेर ११ वर्षसम्म  सशस्त्र द्वन्द्व गरी १३ हजारभन्दा बढी नेपालीको हत्या गर्‍यो। ?  जनयुद्धकालमा एकातर्फ वार्ताको नाटक गरेर अर्काेतर्फ सुरक्षानिकायमाथि कायरतापूर्ण हमला गर्‍यो। ?   देशका भौतिक संरचनाहरु, पुरातात्विक महत्त्वका स्थान, पुल र भवनहरुलाई ध्वस्त बनायो। ?  पर्यटक लुट्यो, पत्रकारदेखि मानवअधिकारवादीको हत्या गर्न समेत पछि परेन। ?  हतियारको दम्भले उन्मत्त हँुदै जनताले सञ्चित गरेर राखेका रकम बैंकबाट लुट्यो। ? सुराकीको आरोपमा सर्वसाधारणलाई परिवारको सामुन्ने राखेर हत्या गर्ने निकृष्ट र कायरतापूर्ण कार्यहरु गर्‍यो। ? सार्वजनिक सवारीसाधनमा अन्धाधुन्ध बम आक्रमण र आगजनी गरी निर्दाेष सर्वसाधारणको हत्या गर्‍यो।  ? राजनीतिक दलका कार्यकर्ताको हत्या गर्ने काम भयो। तर पछि तिनै राजनीतिक दलसँगै हातेमालो गरेर सत्तामा आउन लाज मानेन।  ? वाईसीएलका नाममा जनतामाझ अराजकता सिर्जना गर्ने काममा सक्रिय भए। ? भारतलाई विस्तारवादको संज्ञा दिए पनि भूमिगतकालमा त्यहीं सेल्टर लिएर बस्यो भने सार्वजनिक भएपछि राती राती लुसुक्क लैनचौरको भारतीय राजदूतावास भवन पस्न थाल्यो। ? अमेरिकालाई साम्राज्यवादी भने पनि त्यही देशको भिसा पाउन तिनका नेताहरु महाराजगन्जमा आवेदन हाल्न पुग्यो।
राजावादी दल
? एउटा शक्तिको चाकडी र चाप्लुसीमा मात्र सीमित रहने र अन्य दलको कमजोरीको फाइदा उठाउने राजावादीहरुको परम्परागत कार्य बन्यो। ? राजालाई सक्रिय राजनीतिमा ल्याउन पाए आफ्नो पनि स्वार्थसिद्ध हुने थियो भन्ने अभिलाषाले जनताको घाँटी निमोठ्न यिनै राजावादी शक्तिहरुले चलखेल गरेका थिए। ? राजाको शासनकालमा राज–अभिनन्दन गराउने नाममा जनतालाई जबरजस्ती र दबाबको भरमा सहभागी गराएर निरंकुशतालाई बलियो बनाउन सक्रिय रहे। ? सत्तामा रहँदा अनियन्त्रित तवरले राज्यको ढुकुटी राजाको सत्ता जोगाउन, जनआन्दोलन दमन गर्न र आफ्ना आसेपासेलाई खर्च गर्नमा नै केन्द्रित गरे। ? राजाको नाममा राजनीति गरेता पनि कहिल्यै एउटै छातामुनि गोलबद्ध हुन सकेनन् बरु पटकपटक भिन्नभिन्न टुक्रामा विभाजन भएर आफ्नै स्वार्थसिद्धमा केन्द्रित रहे।  
मधेसवादी
? पटकपटक मधेसी जनतालाई धोका दिने विभिन्न दलका अंगका रुपमा कार्यरत रही व्यक्तिगत फाइदा लिए। ? –जनताले पहाडिया मूलका व्यक्तिप्रतिको आक्रोशलाई आन्दोलनमा व्यक्त गरे पनि नेताहरुबाट पटकपटक धोका भयो। ?  शरद्सिंह भण्डारी र अर्जुन थापा  जस्ता पहाडिया मूलका व्यक्तिलाई दलमा समावेश गरेर मधेसी जनतालाई धोका दिए। ? निर्वाचन सम्पन्न भएपछि मधेसी दलद्वारा कांग्रेस सँग सहकार्य गर्ने गोप्य रणनीति बनाएकै छन्।
यी पाँचवटा राजनीतिक दलले माथि उल्लेखित बँुदाबाहेक स्वतन्त्र रुपमा रहनुपर्ने शैक्षिक क्षेत्र, पत्रकारिता, कानुनविद्, नागरिक समाज र मानवअधिकारवादीलाई समेत आफ्नो दलको चौघेरामा राखेर यिनीहरुको चरित्रमा दाग लगाउँदै राष्ट्रियतासमेत असहज बनाइदिए। त्यसैले यस्ता चरित्र र प्रवृत्ति बोकेका राजनीतिक दललाई मतदान गर्नुभन्दा एकपटक आम मतदाताले मतपत्रका सबै चिह्नमा छाप लगाई आफ्नो नेगेटिभ भोट दिएर यो निर्वाचन असफल बनाउनेे हिम्मत गर्नुपर्छ। जसले गर्दा जनता हामीले जे भन्यो त्यही मान्छन् भन्ने दलहरुको भ्रम टुटेर उनीहरु सच्चिने बाटो देख्नेछन्। हामी सचेत नेपाली नागरिकले यति गर्न सकेनौं र निर्वाचन जबरजस्ती भइहाल्यो भने अर्काे ५० वर्ष योभन्दा भयानक परिस्थिति नेपाली जनताले सामना गर्नुपर्छ। बरु संविधानसभा २०६६ सालमा गर्दा पनि केही फरक पर्दैन, तर देशविदेशका जुनसुकै कुनामा बसेका नेपालीले समेत मतदान गर्ने वातावरण सिर्जना गराऔं। अहिले देखिएको जटिल समस्यालाई हल गर्न सबैलाई समेटिने किसिमको गोलमेच सम्मेलनमार्फत समाधान गरौं। राजतन्त्र र धर्मनिरपेक्षको विषयमा जनमत संग्रह गरौं। यो सबै समस्यालाई सार्थक बनाउन अर्काे भयानक समस्याको रुपमा देखिएको र नेपालीको स्वाभिमान समेत नष्ट गर्ने इन्धन आपूर्तिको अभावलाई जोरबिजोरको दिन जोरबिजोरको गाडीसहित कोटा प्रणाली लागु गर्न सबै दलले सहमति गरौं। देशविदेशमा बसोबास गर्ने प्रत्येक नेपालीले संविधानसभाको निर्वाचनमा भाग लिन पाउने वातावरण सिर्जना गरौं र संविधानसभा सफल पारौं।

Read Full Discussion Thread for this article