Posted by: Rahuldai March 27, 2008
सबिता र कबिता
Login in to Rate this Post:     0       ?        

 

सबिता र कबिता
भाग ५

हो छोरी सबिता फेरि अर्कै संग पोइला गई । 
यो बिश्वास् नै गर्न नसकिने वास्तबिकता थियो। एक छिन त हैन होला, भद्दा जोक होला भन्थाने।
 कलियुगमा यस्तै हुन्छ कि? अथवा सात फेरा न लगाई, अग्नि साक्षि नराखी गाँसिएको लगन गाँठो यसरी नै कमजोर हुन्छ कि? अलिकति धन मै मन पग्लिने कस्तो जीवन  हो यो? म भित्र अनेक जिज्ञासाहरुले जुलुस् निकाले। किन  शम्भू संग को दाम्पत्य जीवन  यति छिट्टै अन्त्य भयो, रोजेर खोजेरै हिडेकी थिई , के कुरा मा अझै चित्त भरेन। मैले उत्तरको भेउ पाउन सकिन।


हुन त मैले पहिला नै भनेको थिएं, त्यो शम्भू को अगाडी लम्बू त सबैको द्रिष्टिकोणबाट सुहाउंदो जोडी थियो। बिचरा, लम्बू झन्डै पागल भएको थियो, बियोगमा। उनैको श्राप लागेको त होइन? माया गर्नेलाई लत्याउंदाको पाप त होइन? अझै निरुत्तरित प्रश्नहरु नाराबाजी गर्दै छन्।


बुझ्न करै लाग्यो, के भाको किन भाको भनेर।को संग गैइ भन्दा पनि किन गैइ त्यो महत्वपूर्ण कुरा। धेरै सोधखोज गर्दा यति सम्म थाहा पाएं कि यसपाली सबिता आफनै दाईको साथी कुर्ता ब्यापारी संग हिडेकी रैछन्। सबिताको दाईहरु पनि कुर्ताकै ब्यापरी नै थिए। त्यतिबेला को जानपहिचान र अहिले पोइला जानु को सम्बन्ध झन रहस्यमय नै लाग्यो।कुर्ता साहुजीकै दोकान बागबजार पद्म कन्या क्याम्पसको छेउछाउमा बस्छिन रे।

छोरी,  बिहे बन्धन बच्चामा खेलिने भाँडाकुटीको खेल होइन, जसमा पटक पटक झेल गर्न पाइयोस्,मन परेन भने सबै भताभुङ हुने गरी रिस देखाउन पाओस्। यो त जन्म जन्मान्तर संग सुख दुखमा साथ दिने  वाचा बन्धन हो। आस्था हो सिन्दूर संगै बाच्ने संगै जिउनेहरुको। भावना सम्बन्ध गाँसिएन भने लोग्ने स्वास्नी र बेश्या र ग्राहकमा कुनै भिन्नता हुने छैन। यौन चाहाना पूर्तिको कथित मेशिन मात्र हुने हुन्छन्।
 
सबिता को चरित्रमा पहिलो पल्ट पोइला जानु अघि कुनै दाग थिएन।  भन्छन्, एक पटक चुके पछि बरम्बार चुकछन् रे। पहिलो अपराध गर्दा कुनै पनि अपराधी हच्किन्छ रे। दोस्रो अपराध गर्दा त्यो अप्ठ्यारोपन रहदैन रे।

कुर्ता साहुजी शम्भू र लम्बू भन्दा चम्बू रैछ। धन पनो भाको तन पनि भाको रे।
अहिले सबिताको अनुहारमा चमक देखिन्छ रे, अरुनिमाले बाटोमा भेटेको रे। ठिकै छ, गर्नु नहुने काम गरि हाले पनि बाकि जिन्दगी सुखमय होस्। मैले कामना गर्ने सक्ने यति हो।

शम्भू र सबिताकी छोरीको हरिबिजोग हुने भयो, चिन्ताले साउती गर्‍यो। ह्या, मलाई के मतलव, अर्का को कुरा। मन लाई मनले फेरि सम्झायो। तै पनि त्यो अबोध बालिकाको के दोष? बाबु आमाको झगडामा पिसिने भो। एक त शम्भूको ताल नै बेताल्। न काम भएको न दाम भएको। यहाँ निर सबिताले ठुलै अपराध गरे जस्तो लाग्यो।

उता, लम्बू को दाम्पत्य जीवन शान्दार संग हाउसफुलका साथ तेश्रो बर्षमा प्रबेश गरिसकेको थियो। लम्बू ले केही साथिहरु संगा मिलेर ट्राभल् एजेन्सी खोलेको थियो। धन पनि कमाउदै थियो। परिवार पनि।

मेरो नि पढाईको तेश्रो   बर्ष सकियो। अन्तिम बर्षमा धेरै पढाई हुंदैनथ्यो।
चौठो बर्षको होलीको छुट्टिमा घर आएं।
 भैरहवाबाट काठमाडौंको नाइट बस् चढ्दा चसक्क छोयो, फेरि कुन चाहि अशुभ समाचार सुन्नु पर्ने हो भनेर।
न भन्दै घर के पुगेको थियो, एउटा रेडिमेड सम्चार मलाई नै सुनाउन रेडि गरिएको जस्तो थियो।
 
लम्बू ले अर्की स्वास्नी ल्याए रे।

क्रमश:

Read Full Discussion Thread for this article