Posted by: Nepe March 24, 2008
Lets talk abut capable but outcasted leaders
Login in to Rate this Post:     0       ?        

गँजडीज्यू,

नेपालको अन्तरिम सम्विधानको धारा ६४ मा सम्विधानसभाको कार्यकाल (term) तोकिएको छ । अब कति समय तोकिएको छ भनेर चाही नभनुम् होला, तपाईलाई सम्विधान पढ्न बाध्य पार्न यसो भनेको हुँ है । एनिवे, त्यो अवधी पछि मात्र व्यवस्थापिकाको चुनाव हुन सक्छ, त्यस अघि होईन । त्यो अवधी सकिएपछि पनि तत्काल चुनाव गर्न खर्चिलो वा झ्याउ लाग्यो भने चुनावलाई केही समय पर सारेर चुनाव नहुन्जेल यही मिति नाघेको सम्विधान सभाले नै अन्तरिम संसदको रुपमा काम गर्ने निर्णय पनि हुन सक्छ । त्यसैले संविधान सभाको चुनाव सकिन पा'छैन अर्को संसदको चुनाव हुनुपर्ने हो कि भन्ने तपाईको शंका हटाउनु भए हुन्छ ।

कहिले हुन्छ त संसदको चुनाव चाही भन्नुहुन्छ भने मैले माथि नै भनिसकें सम्विधानको धारा ६४ खोल्नुहोला ।

है त ?

Nepe  

Read Full Discussion Thread for this article