ठुल्नानी जी,
मैले माथी प्रयोग गरेको शब्दलाई काफीया भन्छन्। कफीया भन्नाले जस्तो कि बुद्द, गिद्द, यूद्द , पित्त आदि !
पित्त र गिद्द बाहेक अरु "द्द" अन्तिममा ऊच्चारण हुने शब्दहरु जस्को अगाडी "उ" (उदाहरण = ब+उ = बु , य+ऊ =यू) आउछ !
"गिद्द" मा (ग + इ) आउछ ! यस अर्थमा सबै "उ" ऊच्चारण हुने शब्द प्रयोग गर्नु भए बेस होला -
यस्ता खालका "काफीया" पनि नभएका होईनन् तर शास्त्रीय नियम पालना गर्ने हो भई शब्दहरु जस्तै "अबरुद्द , बिरुद्द, क्रुद्द, शुद्द" जस्का
"द्द" अगाडी "उ" ऊच्चारण हुने प्रयोग गर्नु भए कसैले बिरोध गर्दैनन् ! पित्त त हुदैं भएन!
अब कुरो आयो बद भनेको के हो भन्ने? पुराना स्वस्थानीका गजलहरुलाई हामीले हेर्ने हो भने दुष्ट दानवहरुको अनेक चलखेलहरुबाट आजित भएर सम्पुर्ण देवगणहरुले जसरी भगवान शिवको आरधाना गरेर, स्तुति गान गरेर प्रभुका हस्त कमलबाट दैत्यहरुको बध गराउथेँ। त्यस किसिमबाट बध भैसकेपछि निक्कै हल्लाखल्ला गरिरहने, रिसले राता राता आँखा पार्ने, यस्ता दानवहरुको शरिर एउटा मुढा जस्तो अवस्थामा लडिरहेको हुन्थ्यो। न यो चल्थ्यो, न यो बज्थ्यो!!
हो!! त्यसरी नै केहि छिनको लागी मेरो सेलफोन पनि नचल्ने अवस्था अथवा भनौ नबज्ने अवस्थामा गएको हो कि अथवा बध गरिएको हो कि भन्ने प्रश्न हाम्रा प्यारा जिम्माल बाले गर्नुभएको हुँदा त्यसो नगरिएको कुरा अवगत गराउन खोजिएको हो!
मेरो माथीको लेखाईमा बदलाई काफीयाको रुपमा लिइएकोछ।
गजलकै कुरा गरिरहेको बेलामा मलाई एउटा मिर्जा गालिवको गजलको धुन याद आयो। यो मेहेफिलमा एउटा मिर्जा गालिवको गजलको धुन राख्न पाए कत्ति रमाइलो हुनेथियो भन्ने बिचार आयो!