Posted by: karki kanchho March 24, 2008
सम्पत्तिको तिर्खा लाग्दा
Login in to Rate this Post:     0       ?        

स्वदेश को माया कती परदेश मा थाहा भयो
आफन्त को माया कती पराइ भेट्दा याद आयो 

 
मन तिर्खाउदा धित मार्ने दौतरी नि भेटिएन
थकाई लाग्दा तन बिसौने चौतारी नि देखिएन 
झिलिमिली शहर पनि बनमारा को पखा जस्तो
पाइएन निन्द्रा कतै आमाको त्यो काख जस्तो


छोड्छु भन्छ तन लाई मनले जान्छु भन्छ गाउँ तिर
जब दिन ढल्दै जान्छ पुग्छ  मन दलान निर
थाहा थिएन यस्तो हुन्छ परदेश को मोह लाग्दा
पाइएन पिउन शितल सम्पत्तिको तिर्खा लाग्दा


दिनेश कार्की
कोलोराडो

 

 

Read Full Discussion Thread for this article