Posted by: fucheketo March 20, 2008
ग्लोब
Login in to Rate this Post:     0       ?        

बजारका हल्लाहरु मेरो प्राथमिकतामा पर्दैनन् ।कुनै पनि हल्ला लाई पनि मैले अपवाद बनाउनु  पनि जरुरि ठानिन ।मलाई लाग्थ्यो हिजो रातीको शित बर्साउने चन्द्रमा उस्तै छ ,आज उदाउने सुर्य उस्तै छ कसरि फरक पर्न सक्छ यो संसारमाँ ?मान्छेको परिवर्तन बिलाउँछ संसार परिवर्तन हुने समयको अघी । चिया खाने समयमाँ आजको पत्रिका हेरेँ , लाग्यो एक बर्ष अघि देखि पत्रिका दोकान मलाई एउटै पत्रिका बेचिरहेछ । मात्र पत्रिकाका खबर हरु कर्टफोर्ड भएका छन् । पहिलो प्रिष्ठको लाई भोली दोस्रो प्रिष्ठ दिइनेछ ,दोस्रो प्रिष्ठको लाई पहिलो प्रिष्ठमा तानिनेछ ।

।उड्दै आएको खबर थियो बजार मा एउटा भविष्यका सामानहरु बिक्रि हुने डिपार्टमेन्टल स्टोर खुल्यो अरे।यो खबर भने नयाँ थियो ! के यो खबर साँचो होला त ?मैले मनमनै सोचेँ ,समय अब कारागार बाट मुक्त भएकै हो त ?अचम्म पनि लाग्यो ।

"१०० बर्ष पछिका सामानहरु प्रदर्शनि तथा बिक्रिमाँ " शायद यस्तै शिर्षक थियो त्यसको ।मेरो मन यो हल्ला प्रति बदलिए झैँ लाग्यो।  मैले आज त्यहाँ गएर के रहेछ नियाल्ने निर्णय गरेँ अनि तल लेखीएको ठेगाना नोट गरेँ ।

डिपार्टमेन्टल स्टोर भित्र छिर्ने बित्तिकै  पाषाण युग बाट अचानक त्यहाँ प्रकट भएर पुगे झैँ लाग्यो मलाई । अस्तित्व भएको म अघि आहिले सम्म अस्तित्वमैँ नआएका सामानहरुको सत्तासिनता ! लाग्यो मैले यो संसार बुझेकै रहेनछु ,केहि संसार चिनेकै रहेनछु यो मात्र भविष्य हेर्छ भुतकाल तिर त जहिल्यै यस्को पिठ्युँ हुन्छ ।  त्यहाँका सामनहरु सँगको पुर्ण रुपमाँ अनभीग्यता ले मलाई त्यहाँ उकुसमुकुस बनायो ,

"के म सय बर्ष पछिका कुनै पनि सामान हरु प्रयोग गर्न असमर्थ छु त ?" म सोच्न बाध्य भएँ ।जति जति म अघि बढ्दै गएँ त्यति त्यति मेरो त्यो सोच पक्का भयो ।

 

कुनामाँ राखिएको ग्लोबले अन्तत मेरो मन हलुका भयो ,हुन त त्यो कुना मा थियो तर पनि लाग्यो केहि त यो दोकानमाँ मैले चिनजानको भेट्टाएको छु ,केहि त छ जस्लाई मैले भुतकालबाट बोकेर ल्याएको छु ,केहि त छ जस्ले हाम्रो अस्तित्वको प्रिनिधित्व गरिरहेछ । स्कुलको साथी बर्षौँ पछि भेट भएर हात मिलाउन अग्रसर भएर बसे झैँ लाग्यो ।सय बर्ष पछि पनि ठुलाबडाको टेबलमाँ ग्लोब राखीन्छ होला मैले आफ्नो यथास्थितिवादि सोच डोर्याएँ ।हुन त ठुलाबडाको टेबलमा अहिले नै पनि ग्लोब किन हुन्छ मैले बुझ्न नसकेको बिषय थियो  ,शायद बिश्व बुझेको छु भनेर देखाउन ,शायद बिश्व कोनजिक हुन वा अरु नै केहि ! नजिकै गएँ अनि स्पर्श गरेँ त्यो ग्लोबनै हो वा होइन पत्ता लाउनलाई त्यो ग्लोब नै थियो ।मलाई त्यो स्पर्श मिठो लाग्यो , अरु सामान प्रतिको लालसा हराउँदै गयो ।मलाई त्यो ग्लोब आफ्नो लाग्यो  अनि मैले त्यो दोकानको मात्र ग्लोब सँग मित्रता गरेँ ।धेरै बेर खेलाएँ घुमाइराखेँ ।

अनायसै घुमिरहेको ग्लोब मैले टक्क रोकेँ ,एक छिन नियाँले निधार मा चिटचिट पसिना आयो अनि त्यो दोकान को शुन्यता चिर्दै आवेशमाँ  कराएँ

"यो ग्लोबमाँ नेपाल खोई ?मेरो देश हराएको छ यस्मा ,यस्मा मेरो देश खोई ?????????"

Read Full Discussion Thread for this article