Posted by: geda_gudi March 19, 2008
Hasam la?
Login in to Rate this Post:     0       ?        

‘राष्ट्रपति’ प्रचण्ड
माओवादी अध्यक्ष प्रचण्डले आफूलाई ‘भित्तेराष्ट्रपति’ भनिएकोमा चित्त दुखाउँदै अस्ति भाषणमै भन्नुभयो– ‘म भित्तेराष्ट्रपति होइन, म त जनताको हृदयमा धेरै पहिले नै राष्ट्रपति बनिसकेको छु।’
वास्तवमा यथार्थ केलाउने हो भने कामरेड प्रचण्ड अहिले होइन धेरै अघि नै भावी राष्ट्रपति बनिसक्नुभएको कुरा सत्य हो। सबैलाई थाहा छ, भूमिगत कम्युनिस्ट पार्टीभित्र व्यक्तिको दुईवटा नाम हुन्छ। जस्तो: पुष्पकमल दाहाल र प्रचण्ड, माधव नेपाल र रञ्जन, मदन भण्डारी र सागर, बाबुराम भट्टराई र लालध्वज, रामबहादुर थापा र बादल। भारतमा भूमिगत रहेका बेला प्रचण्डपत्नी सीता पौडेलको पार्टी नाम (यसलाई टेक नेम पनि भनिन्छ क्यारे) थियो– राष्ट्र। कमरेड प्रचण्ड जो हुनुहुन्छ उहाँ कमरेड राष्ट्रका पति हुनुहुन्छ। भावी कामरेड राष्ट्रका पति हुनुभएको नाताले कमरेड प्रचण्ड उसै पनि भावी ‘राष्ट्रपति’ हुनुभयो!
अतः कमरेड प्रचण्ड एक कर्मठ, होनहार, इमानदार ‘राष्ट्रपति’ हुनुहुन्छ भन्ने कुरामा कुनै शंका छैन। उहाँ अहिलेको राष्ट्रपति होइन, धेरै पहिलेको राष्ट्रपति हुनुहुन्छ। त्यही भएर न अस्ति उहाँले भन्नुभएको नि– ‘म धेरै पहिले नै राष्ट्रपति भइसकेको छु भनेर। अब मान्छेले कुरै बुझ्दैन मैले के गरौँ।’

Source: Jan Aastha

Read Full Discussion Thread for this article