Posted by: ritthe March 17, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

>>>पिट्ठू राम पंडित जी, बिचरा लहरेलाइ किन गाली गर्नुहुन्छ?<<<

त्यो 'किन' को जवाफ यसप्रकार छ चित्रे :-
नम्बर १.- चौतारीका बयोब्रिद्द हाम्रा जिम्माल बा ले आफ्नो नाक ढुङ्गामा घोटी घोटी अरुले के भन्छन भनेर एक मन ले पनि
सोच्दै नसोची भर्खरै प्रवेश गरेका लहरे लाल लाकौललाई चौतारीको गरिमामय पद "रस रङ प्रधान" मा हाम्रै आँखा अगाडि नियुक्त
गरेको ईतिहास जिउदै हुँदा हुँदै पनि निज लाकौलले बिगत २ दिन देखी चौतारीका  आदर्णीय गाउलेहरुको  भावनामा कुठाराघात
प्रहार भन्दा पनि चोट दिने प्रहार गरी चौतारीमा नियमित प्रसारण हुँदै आएको 'गीतान्जली कार्यक्रम' अनायासै ठप्प गर्नु भएको छ !
नम्बर २. - निज लाकौलले आफ्नो सपत ग्रहणको कार्यक्रममा - "म लहरे लाल लाकौल आज देखी यस चौतारीको गरिमालाई
घाट पुग्ने कुनै पनि कार्य गर्ने छैन, चौतारीका गाउलेहरु को इक्ष्या अनुसार बेला बेलामा कबिता, गीत, गजल, मुक्तक, सायरी
लिएर हाजिर हुने छु भन्दै सपत ग्रहण गर्दछु " भनेर भन्या पनि यही आँखा अगाडि हो !
अब गाउलेहरुले आँफै भन्नु पर्‍यो, लहरे लाल लाकौललाई कस्तो किसिमको सजाय उपयुक्त होला???

Read Full Discussion Thread for this article