Posted by: shirish March 16, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

अहिले अलि पूरा भए जस्तो छ-

 

 

नदीमा बांध बांधेर गयो !

डुबेको गाउं हेरेर गयो !

 

बुंख्याचाले सुने जस्तो ग-यो

नेता भाषण ठोकेर गयो !

 

निर्णय चाहिएथ्यो अहिलै,

बिचार गर्छु भनेर गयो !

 

खुवाई राख्यो पिलायो जस्ले

उसैको कुरा काटेर गयो !

 

कल्ले भन्यो बाटोमा उभिन ?

गाडीले हिलो छ्यापेर गयो !

 

चलन उस्को पूरानो उही

खाकै थालमा चुथेर गयो !

 

सिफारिस पद उन्नतीको-

अयोग्य खुट्टा तानेर गयो !

Read Full Discussion Thread for this article