Posted by: Dr Jharpaat March 15, 2008
पहिलो निसाना के?
Login in to Rate this Post:     0       ?        
केही बिषयबस्तु हरु पढ्न मा आएको थियो । नेपाल मा चुनाव नै किन चैयो भनेर । त्यस्मा भएको  अरु साथी हरु को प्रतिकृया पड्दा चुनाव देश मा जरुरी नभएको भन्ने निचोड् अनी निस्कर्श  निक्लिएको मैले पाए । त्यहा अहिले तत्काल देश मा समाधान गर्नु पर्ने धेरै कुरा हरु भएको  अनी चुनाव प्राथमिकता मा पर्ने समस्या नभएको भन्ने  कुरा पढ्न मा आयो। तर मलाई लाग्दैन चुनाव समस्या हो यो त सबै समस्या को समाधान तर्फ जने बाटो हो । भर्र्याङ् हो जहाँ बाट हामी समाधान तर्फ उक्लिन सक्छौ ।
आशान्ती  , भ्रस्ट्चार , कुशासन , गरीबी , गतीहिन कर्मचारी सन्यन्त्र , रुग्ण  अर्थतन्त्र  लगायता अरु हजारौ को सन्ख्या मा  जती पनि छन समस्या हरु देश मा सबै को जड भनेको चेतना को अभाब हो । हाम्रो हार्डवेयर खराब भाको हैन , खाली सफ्टवेर को कम्जोरी हो । हामी नेपाली को मानसिकता को कारण आएको समस्या हरु हो यो । त्यस्को लागि असल शिक्षा को खाचो छ । असल शिक्षा को लागि पुर्वाधार चाइयो । पुर्वधार को लागि बलियो अर्थ तन्त्र को आवस्यकता छ । अर्थतन्त्र बलियो बनाउन फेरी देश का नागरिक हरु मा शिक्षा नै चाहिन्छ। त्यो सबै को लागि बलियो र स्थिर राजनैतीक बातावरण् चाहिन्छ । त्यो बातावरण बनाउन फेरी चेतन चाइयो।
यि सबै समस्या हुन . । एक अर्का सँग अन्तर्सम्बन्धित छन सबै । अब सबै
भन्दा पैले समाधान गर्नु पर्ने समस्या चै के हो नि ? एउटा स्थिर बातावरण कि अरु कुनै?
समस्या हरुको दिगो समाधान को लागि त समस्या जरै बाट उन्मुलन गर्न सक्नु पर्छ । अब कुरा आउछ । सुरुवात कहाँ बाट गर्ने? हामी किन सधैं  समस्या हरु को संग्रह गर्छु । देखाउ छौ ।  यो समस्या पैले समाधान गर्ने कि त्यो पैले भनेर झगडा गर्छौ। 
भएको समस्या हरु देखाउन साह्रै सस्तो छ । कुर्सी मा बसेर एउटा औंला ठड्याइदिदा हुन्छ । तर समाधान गाह्रो छ । हात खुट्टा सबै अनी मन मस्तिस्क पनि लगाउनु पर्छ । समय र साधन अनी स्रोत नि चाहिन्छ ।
मलाई लाग्छ हामी अछाम को कुनै बिकत ठाउँ मा पलेती कसेर बिबाद गर्दै छौ । बाटो बनाउन पहिले डोजर ल्याउने हो कि डोजर ल्याउन पैले बाटो बनाउने हो ? किन हामी डोजर पहिले कि बाटो पहिले भनेर झगडा मा मस्त छौ?
देश को बिद्यामान समस्या हरु को सामना गर्न , ति सबै लाई निर्मुल गर्न सुरुवात कहाँ बाट गर्ने?
जहाँ सम्म बाटो छ त्यही देखी डोजर लैजादा हुँदैन? .....
र चुनाव भने को सबै समस्या को समाधान को  सुरुवात हो । आधार हो अनी आधार  बाट गरेको समाधान दिगो अनी भर्पर्दो पनि  हुन्छ । चुनाव भनेको समाधान को जरा हो। त्यही बाट सुरु गरे हुन्न?
Read Full Discussion Thread for this article