Posted by: Nepe March 14, 2008
गिरिजा कोईरालको 'ग्रया्‍ण्ड डिजाईन' र 'ग्रेट- ग्रया्‍ण्ड डिजाईन'
Login in to Rate this Post:     0       ?        

दिलिपज्यु,

 

“Grand design” को प्रसंग सम्झाएर तपाईले हाम्रो प्रजातन्त्रको एक झल्ला दशक सम्झाईदिनुभयो ।

 

कोईरालाले जेसुकै र जतिसुकै झल्ला कुरा गरेपनि उनको एउटा खुबीलाई भने मान्नुपर्छ, त्यो हो टिक्नु ।

 

मलाई के लाग्छ भने उनको टिकाईका अनगिन्ती कारणहरुमध्ये उनको झल्लापन (सस्ता, विद्वत्ताविपन्न र अटिकाउ दावी र अडानहरु) पनि एक कारण हो । उनको त्यही सस्तोपनाले गर्दा उनी खासमा कसैको लागि गम्भिर खतरा कहिले भएनन् । जसले पनि उनलाई अलिकति तर्साए पछि काम लिन सकिने मान्छे/शक्ति को रुपमा पाए । त्यसैले उनको विकल्प खोज्नेतिर कोही लागेन - न त एमाले लाग्यो, न त माओवादी लाग्यो, न त दरबार लाग्यो ।

 

कांग्रेसभित्र गिरिजाको विकल्प खोज्ने त कुरै भएन । नरहरि आचार्यले एकबाजी पार्टी सभापति पदमा प्रतिस्पर्धी बनेका हुन् । तर त्यो उनले झारातिराई कर्तव्यपालनको लागि गरे । उनले कांग्रेसीजन बीच आफुलाई कोईरालाको विकल्पको रुपमा प्रस्तुत गरेनन् (गर्न चाहेनन् कि गर्न सकेकनन्, त्यो बेग्लै कुरा भयो) । त्यो त अलिक पुरानो कुरा भयो । आज पनि, कोईरालाले रिटाएर हुने घोषणा गर्दा सम्म पनि, कांग्रेसले कुनै चम्किलो उत्तराधिकारी नभएर झल्ला उत्तराधिकारी नै मौन रुपमा घोषणा र स्वीकार गरेको छ ।

 

सिनियर कोईरालाको सस्तोपन र सजिलोपनाले उनलाई यत्रो लामो समयसम्म सत्तामा टिकाए जस्तै जुनियर कोईरालालाई पनि सोही गुणको सोही लाभ प्राप्त होला ? यसमा म यस्सै भन्न सक्दिन । हुन पनि सक्छ । नहुन पनि सक्छ ।

 

नेपाली जनताले अलिक विद्वत्ता भएको नेता खोज्ने रहर देखाए भने झल्लाहरुले प्राप्त गरेका लाभ गुम्न सक्छ । खासै मतलव राखेनन् भने सिद्धान्त भन्दा सत्ता चाहने झल्लाहरुले पहिले झै टिकिरहन सक्नेछन् ।

 

 

*** *** *** *** *** *** *** *** *** *** *** *** *** *** ***

 

अब जहासम्म तपाईले सुझाउनु भएको “Great grand design” को कुरा छ, नि:सन्देह नेपालको राजनैतिक खेलाडीहरुमाथी भारतको पकड र प्रभाव अशोभनिय, अस्वाभाविक हदको र सतर्क हुनु पर्ने स्तरको छ, परन्तु हाम्रो खुला सिमाना र भारतनिर्भर एवं पछौटे अर्थतन्त्रले गर्दा केही हदसम्मको प्रभाव unavoidable छ भन्ने कुरालाई हामीले देख्नैपर्दछ । फेरि भारत प्रभाव विभिन्न आयामहरु (सैनिक, केन्द्रीय राजनैतिक, केन्द्रीय नोकरशाही, केन्द्रीय दलगत, विहार राज्य स्तरको राजनैतिक अनि सामाजिक, आदि ईत्यादि) भएको  जटील मामला हो भन्ने कुरा पनि बुझ्नुपर्छ हामीले ।

 

जे भए पनि हाम्रो जनस्तरको निरन्तर सतर्कता र चेतावनी, अनि तिव्र आर्थिक वृद्धितिरको हाम्रो एकमना परिश्रम र अन्ततोगत्वा (जब हामी भारतलाई उछिन्छौं तब) हाम्रो सिमानाको उपयुक्त व्यवस्थापन सहितको भारत-मुक्त राजनीति हाम्रो दीर्घकालिन प्रतिवद्धता र सपना हुनुपर्छ भन्ने लाग्छ मलाई । हाम्रो पछौटे आर्थिक अवस्थामा नै हामीले सिमाना बन्द गरेर भारतबाट एक्लिने भनेको कुरा त नेपाललाई उत्तर कोरिया बनाए मात्र सम्भव हुन्छ ।

 

त्यसैले तिव्र आर्थिक वृद्धि र क्रमिक रुपमा नेपालको आर्थिक वैविध्यकरण र भूमण्डलीकरण- यही हुनुपर्छ हाम्रो जपना, सपना र थपना ।

 

मेरो एक सुको ।

 

Nepe

 

 

Read Full Discussion Thread for this article