Waka-jyu,
तपाईका अन्य आरम्भिक रचनामा जुन प्राकृतिक flow, र बान्की थिए त्यो देखिएन है यसमा । तपाईले पक्कै महसुस गर्नु भयो होला- रदिफको दाम्लोले बाधिएका र एउटै काफियाबन्दीको जुवामा नारिएका काफियाहरुलाई जोत्दा धेरै सम्झौता गर्नु पर्ने हुन्छ । गजलको demerit त्यही हो, र फेरि merit पनि त्यही हो भन्या । त्यही अनुशासनले गजललाई एउटा विशिष्ट (distinct) सौन्दर्य दिएको हुन्छ ।
त्यसैले गजललेखन भनेको एउटा अत्यन्त कठीन प्रियतमासंगको दुरुह प्रेम जस्तै हो ।
यह ईश्क नही आसान, बस इतना समझ लिजिये
एक आग का दरिया है और डुब के जाना है
(जिगर मूरादाबादी)
अब एउटा अर्को कठीन मार्ग बताउछु । एकचित्त ध्यान लगाई सुन्नुहओस् ।
कुरा के भने हामी गजललाई काफिया शब्दहरुको समस्यापूर्ति (gap-filling) गर्ने खेल सम्झन्छौं र त्यही अनुसार लेख्न बस्तछौं । त्यो हुँदै होईन, त्यसो गर्नै हुन्न त म भन्दिन । तर शेरको स्वतन्त्रतालाई मध्यनजर राखेर एक पटकमा एक सिङ्गै गजल होईन कि एक पटकमा एक स्वतन्त्र शेर लेख्ने बानी बसाल्यौं भने शुरुमा पूर्ण गजल कमै हात लागे पनि अन्ततोगत्वा (अनगिन्ती विविध शेरहरुको भण्डार बनिसकेपछि) perfect गजल assemble गर्न सकिने होईन्छ ।
एक्लो शेर बनाएर कुनै ट्याममा काम लाग्छ भनेर छाड्दा कहिले पनि काम लागेन भने खेर गएन मेहनत भन्नुहोला । मेरो विश्वास गर्नुहोस्, त्यो खेर जादैन । दशवटा शब्द भएको एउटा शेर छ भने त्यसलाई दश प्रकारको काफियामा ढाल्न सकिने कुरालाई नबिर्सनु होला ।
त्यसैले मेरो मार्ग समात्नुहोस् - one sher at a time, not one ghazal at a time.
Nepe