Posted by: Deep March 14, 2008
घर
Login in to Rate this Post:     0       ?        

त्यो रात प्रकासले सुकिर्तीलाई ठुलो शिक्षा दियो आफ्नो कमजोरीको बारेमा। सुकिर्तीलाई उस्ले त्यस्तो हतियारको जानकारी दियो जस्को उ सँग कुनै बचाव थिएन। ..

प्रकासको कमजोरी सुकिर्तीको आत्मबल बन्न पुग्यो।

बिहान अफिस जानु अघि प्रकासले स्वर्णीमको बारेमा सुकिर्तीलाई सोध्यो। सुकिर्तीका जवाफहरु सुरुमा उदासिन भए पनि बिस्तारै रक्षात्मक हुँदै गएको प्रकासले अनुभव गर्यो। स्वास्नीको नियत र चरीत्र माथि गस्ती गर्न थाल्ने हो भने त्यसैलाई सुकिर्तीले चुनौतीको रुपमा लिन बेर छैन भन्ने सोचमा प्रकासले हिँजोका कुराहरुलाई आज अरु नबोलाउने बिचार गर्यो। अबिश्वास चिन्ताको मार्गदर्शक हो भन्दै आफैलाई सम्झायो र गयो अफिस।

सुकिर्तीले कतै काम सुरु गरी सकेकी त थिईन तर त्यो धुनमा भने थिई। उस्लाई घरमा बसीरहन पटक्कै मन थिएन। बिशेष गरेर उसलाई न त आमाको हाजीरी जवाफ मन पर्थ्यो न नै उ प्रतिको जिज्ञासा।

आफ्नै कोठामा सुकिर्ती भोजन पछिको बिश्राममा ढल्केकी थिई। उस्ले थाहै नपाई कतिबेला उ त हिजो स्वर्णीमकहाँ बिताएका क्षणहरुमा पुगीसकीछ। यथार्थलाई उस्ले झन कल्पनाका प्वाँखहरु पनि दिई। त्यो यथार्थ-कल्पना उडदै थ्यो आमा आईन।

त्यस्तो रमाईलो उडानलाई आमाको आबागमनमा उस्ले ओराल्नु परेको सुकिर्तीलाई मन परेन।

आमाले पनि कुरा हिंजैको झिकिन। सुकिर्ती लाई झन मन परेन।

जब आमाले "हिंजो मामाघरमा के थियो?" भनेर सोधिन। सुकिर्ती अलमलिई।

"खै था छैन मलाई, किन के थियो र?" सुकिर्तीले उल्टो सोधी।

आमाको अनुहारमा अलमलको भन्दा चिन्ताका रेखाहरु देखिए।

"तिमी त सुधिरकहाँ बाट मामाघर गयौ रे भन्थ्यो त प्रकास --" आमाले मामाघरको रहस्य बताईन।

सुकिर्ती एकै छिन सोचमा परी। अब हो भनम कि हैन? होईन भने झन काँ गा भन्ने होला -- बरु होस भन्दै "अँ, हो मामाघर पनि गा थेँ" भनी।

एक्कै छिन अघि "के थ्यो र मामाघरमा?" भनेर आफैंले सोधेको सम्झी अनि कुरा सच्च्याई। हिजो तर म कुपण्डोलको सुबोध मामाकहाँ गा थेँ। सुबोधमामा सुकिर्तीका बाउका चैं मामा थिए।

"भोजबाट प्रकास एक्लै आयो--" आमाले भनीन।

"अँ म चै कुर्दा कुर्दा गरें--फोन पनि गरें उठाको हैन--अनि एक्लै के बसीरहनु भनेर सुबोध मामा कहाँ गएँ।

"ए!" आमाले यति मात्रै भनीन।

एक छिन अरु कुरा भए। सुकिर्तीलाई लागेको असजिलो अरु बढ्यो।

"मलाई त कस्तो निन्द्रा लागि रा छ" सुकिर्तीले आमालाई बिदा दिने सुरमा भनी।

आमाले बुझिन क्यारे। गईन। जाँदा जाँदै समय ठिक छैन रात बिरात छोरी बुहारी मान्छे हिन्ने गर्नु हुन्न भन्दै आमाले आफ्ना सुझाबहरु पोखिन। आमाका सुझाबहरुलाई उस्ले आदेश बुझी। ति आदेश पालना गर्ने उस्मा कुनै बिचार नै आएनन।

प्रकासले गरेर आफुले झुटो बोल्नु परेको सुकिर्तीलाई मन परेन। "झुटो बोल्ने उ बेहोर्नु पर्ने मैले" सुकिर्तीले आफै संग भनी।

सुकिर्ती बिहे गरेर आएको केही दिन सम्म त कतै जानु परे आमालाई भनेर जान्थी। सोध्ने त उस्ले गरेकी थिईन तर भनेर चै जान्थी। अचेल त्यो चलन हराईसकेको थ्यो। उ दिनभरी बाहीर गए पनि प्रकास आउने बेला घरमै आईपुग्थी। कति चोटी त प्रकास आईपुग्नु अघि उ भान्छमा पनि पुग्थी। चिया बनाईदिन्थी प्रकासको लागि। प्रकास आफुलाई धन्य ठान्थ्यो।

सुकिर्ती अब आफु मात्रै बाहिर जाने हैन उस्का साथी सहेलीहरु पनि उस्काँ आउन थालेका थिए। स्वर्णीम पनि केही पटक आईसकेको थ्यो। तर उ एक्लै भने आएको थिएन। आजै पनि आएको थ्यो उ अनुजा सँग। आमालाई न त सुकिर्ती बाहीर मन लागि जाने मन पर्थ्यो न नै मन लागि मान्छे उस्लाई भेटन आउने। सुकिर्ती घरमा आमाको उपस्थिती देखेर पनि देख्तिन थी। प्रकासलाई आमाले केही भने उस्ले "जमाना कहाँबाट काँ पुगीसक्यो आमा --" भन्थ्यो।

एउटा साँझ प्रकास अफिसबाट आएर चिया पिउँदै थ्यो कौसीमा। सुकिर्ती उ सँगै उभिएकी थिई। उस्ले क्षितीज तिर हेरेर अनयासै भनी "मैले एम् बि ए गर्न स्टेट्स जाने बिचार गरेँ"। प्रकास त सुनेको सुनै भयो। .....

 

 

Read Full Discussion Thread for this article