Posted by: Deep March 13, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

हैन सधै यस्तै खडेरी हो त? डलरको भाउ जसरी घटे गाँठे घट्न पनि संख्यामा चित्तहरण गर्ने ती बालाहरु।


जिम्माल सम्झिराछु मैले चैं। बुढाले ट्याम मै खोल्या हो खाता चैं। झन्नै बेरुजुमा परीसकेका थिए। बुढीलाई कैले कैले त झुक्केर "हन --अन्खेरुन -- यसो अलि वर सर भनेओ भुई तिर हेर्छीन -- आफ्नै चर्केओ नलिखुट्टा हेर्दीहुन कि जह्तो लाएर भनेओ मरे म त --" भन्ने हुन कि साझाको भाकामा भन्ने पिर।


जिम्मालको कुरा उठ्या बेलाँ यसो कुरो नी--
 
समय: बिहेको दोश्रो रात -- अब पैलो रात त जग्गेमा जौ तिल चामल छर्दै बितीहाल्यो नी --
स्थान: जिम्मालको सयन कक्ष
दृष्य: जिम्माल र जिम्मालनी प्रेमालापको भुमिका बाँध्दै छन -- जिम्मालनी लाज माने जसरी कुरा सुरु गर्छिन ---


जिम्मालनी: प्राणनाथ --
जिम्माल (मन मनै, झस्केर): मेरो नाउँ त हेरी बिर्खे हो के रे -- यो परान नाथ भन्ने को रछ नी नारान! पैले सुन्दो हुँ त नाई भन्थे नी -- अब यो बेलाँ आर --के आईलाग्यो --


जिम्माल नबोलेको देखि जिम्मालनी अलि ठुलो स्वरमा फेरी बोलाउँछिन जिम्माललाई: "हृदयनाथ --"
जिम्माल: हन तिउँरो ती दाजुभाई सगै मुयाँ भिडेको थो कि क्याहो? त्यो पराने र रिदे दोडै नाथ नाथ रहन -- एउडो पातकी सँग नखुईँकेर क्यार्न मलाई औँरीका देखुन बोलार दु:ख देओ?"

 

Read Full Discussion Thread for this article