http://kantipuronline.com/kolnepalinews.php?&nid=140337
नया“
नेपाली
बाइरोडको
बाटोमा
गुणराज लुइ“टेल
आफ्नो शौचालयसमेत विदेशीले आएर बनाइदिए हुन्थ्यो भन्ने मानसिकताले घर गरेका बेला कुनै व्यक्तिले हामीलाई सहयोग पुग्यो, हामी आफैं गर्र्छौं भनेको सुन्न पाउ“दा आफैंमा सुखद आर्श्चर्य हुन्छ । आफ्नो मुलुकका गरिब बालबालिकाका निम्ति धोक्रामा किताब हालेर ल्याइदिने विदेशी नागरिकको योगदान देखेर उनलाई लज्जाबोध हुन्छ । उनले उद्घोष गरेका छन् ः अर्को वर्षउनी आउ“दा म आ“खामा आ“खा जुधाएर कुरा गर्न चाहन्छु ।'
अभियान सुरु भएको छ- एजुकेसन फस्ट । सक्षम भएपछि देशका निम्ति के योगदान गर्न सकियो - भन्ने प्रश्न आफंैलाई गर्नुपर्ने अवस्था आएको छ । कम्तीमा गगनले यो अभियानमा सहभागी हुने निर्ण्र्ाागरेर देशलाई नेतृत्व दिन तत्पर एउटा सक्षम नागरिकको परिचय दिएका छन् । नेपाललाई सिंगापुर वा स्वीट्जरल्यान्ड बनाउने हावादारी गफभन्दा आफ्नो खल्तीबाट केही हजार रुपैया“ झिकेर देशका निम्ति सकारात्मक योगदान गर्छर्ुुन्ने सोच्नु ठूलो कुरा हो ।
नेपालीमा भावना नभएको होइन । हालैका वर्षा गाउ“-गाउ“मा स्कुल, स्वास्थ्य चौकी आदि निर्माणका निम्ति पुराण लगाउने र अन्य अभियान सञ्चालन गर्ने प्रचलन निकै बढ्दै गएको छ । यसले आफ्नो ठाउ“को विकास र सुविधाका निम्ति काम गर्ने भावना नेपालीमा रहेको देखाएको छ । तथापि चन्दा-गुठीहरू स्थापना गरी वा आफूस“ग भएको केही समय उपयोग गरी स्रोत जुटाउने र त्यसलाई सकारात्मक विकासका निम्ति खर्च गर्ने बानीको अझै विकास भइसकेको छैन । हाम्रा गाउ“का गरिब भाइबहिनीलाई सरकारले वा विदेशीले पढाइदिन्छन् भन्ने सोच राख्नुभन्दा आफैं अभियानका रूपमा अघि बढ्ने हो भने मुलुकको कायाकल्प हुन के बेर लाग्छ र -
सबै जोन उड बन्न सक्दैनन् । आफ्नो काम र रोजगारी पनि छोड्न सक्दैनन् । तर आफूस“ग भएको स्रोत र समयलाई सानो परिवर्तनका निम्ति मात्र खर्च गरे ठूलो प्रतिफल प्राप्त हुन्छ । त्यही हदसम्मको खुसी आफूलाई समेत प्राप्त हुन्छ भन्ने भावनाको विकास गर्नु आवश्यक भइसकेको छ । जोनको अभियानमा सरिक थुप्रै स्वयंसेवक र रकम संकलनकर्ताहरू यसका उदाहरण हुन् ।
गगनले एउटा अर्को महत्वपर्ूण्ा पक्ष पनि र्सार्वजनिक गरे । 'नया“ नेपाल' को मापदण्ड भनेको कति किलोमिटर बाटो बन्यो वा कति विकास भयो भन्नेमात्र होइन । नया“ सोच भएका नागरिक भएको नेपाल नै नया“ नेपाल हो । 'परिवर्तन सोचमा चाहिन्छ', उनले भने ।
नेपालको समस्या उपदेश दिन जान्ने नेताहरू हुन् । कम्तीमा गगनजस्ता युवा नेताले त्यो परम्परालाई परिवर्तन गर्ने छा“ट देखिन थालेको छ । उनीहरू आफैं त्यस्तो परिवर्तनका वाहक हुन तयार छन् । आफूस“ग भएको सीमित आम्दानीको सदुपयोगसमेत खर्च घटाएर गर्न उनी तत्पर भए । रकमकलमको कुरा होइन, भावना कति छ भन्ने हो ।
याक एन्ड यति होटलमा आयोजित भव्य भेलामा ठूलो संख्यामा विदेशी थिए । स्वदेशीहरू पनि अंग्रेजी नबुझ्ने थिएनन् । उनले आफूलाई नेपालीमा भाषण गर्न सहज हुने विचार राख्दै सम्बोधन सुरु गरे । गगनलाई अंग्रेजीमा बोल्न नआउने होइन । उनलाई पहिलो पटक सुन्नेहरू समेत पुलकित भइरहेका थिए । उनीहरूमा खुसी देखिएको गगनको भाषणले मात्र होइन, मुलुकका निम्ति एउटा सम्भावनायुक्त नेताको उदय हु“दै गरेको देखेर पनि हेा ।
सबैजसो पार्टर्ीी युवा नेता देख्दा भावी नेपाल सुन्दर हुने कल्पना गर्न सकिन्छ । गगनजस्तै उच्च भावना र सम्भावना बोकका एमाले, माओवादीलगायतका पार्टर्ीी धेरै छन् । तर, तिनीहरू धेरैजसो आफ्नै पार्टर्ीीे पुरानो नेतृत्वबाट यति धेरै किचिएका छन् कि बाहिर आउनै पाउ“दैनन् । वयोवृद्धहरूले घरैमा बसेर उनीहरूलाई मार्गदर्शन दिए देशले छिट्टै फड्को मार्ने थियो । गगनजस्ता युवाहरूका हातमा जिम्मेवारी आए नेपाललाई स्वीट्जरल्यान्ड होइन एउटा राम्रो र बसौं-बसौं लाग्ने नेपाल बनाउन सकिने थियो । गगनलाई सुनेपछि यस्तै अनुभूति भएको छ ।