Posted by: Rahuldai March 11, 2008
सबिता र कबिता
Login in to Rate this Post:     0       ?        

सबिता र कबिता
भाग २

छोरी टेस्ट सेन्टर भित्र गए पछि उकुस् मुकुस् भयो। छोरी  प्रति पूर्ण बिश्वाश थियो। सके सम्म राम्रो गर्ने छिन् नै तै पनि एक् पितालाई चिन्ता हुनु स्वाभाबिक थियो नै। आफुले टोफल् दिंदा कस्तो टेन्सन् भएकोथ्यो, तै पनि छोरीलाई सम्झाएको छु।
फेरि एक कप चिया थपें। केही क्षण स्कूलको जमानामा बिचरण गरें। कति जिवन्त थियो कति अनन्त थियो त्यो बेलाको दिन। साथी संगी माझ, न न झेल थियो न खेल थियो, मात्र मेल थियो। सबैको उद्देश्य राम्रो अम्कका साथ एस् एल् सी पास गर्ने लक्ष्य मात्र थियो। सबिता को प्रसंगमा तिनै दिन एकै छिन भए नि ताजा भयो।

समय बितेको पत्तो नै भएन, युसेफ बिल्डिङबाट टोफल् टेस्ट् सक्याई केही निस्की सके। छोरी पनि निस्किने बेला भयो भनी चिया चुरोटको पैसा तिरी निस्के बाटोमा। छोरी को हसिलो अनुहारले टेस्ट् कस्तो भयो सोधिरहनु परेन तै पनि औपचारिकता निभाउनै पर्‍यो।

"कस्तो भयो?" 
"एक्सिलेण्ट"

"मलाई थाहा थियो, एक्सिलेण्ट मात्र होइन महा एक्सिलेण्ट हुन्छ भनेर। छोरी कस्की?" 

" इस्से बाहेक १००% "
छोरी ले गर्बका साथ भनी।
"वाहु वणडर्फुल्!"

"लौ यही उपलक्षमा आज म गौशालाको शानदार् म: म: खुवाउन लैजान्छु। यहाँबाट ५-१० मिनेट मात्र हिड्ने हो।"

"जस्ले यहाँको शानदार म: म: खाएको छैन, त्यसले असली म: म: को स्वाद पाएकै छैन।"

"लौ जाऔ अब"
 
" ड्याडी, अघि सबिता र कबिताको कहानी भन्छु भनिसेको भन्दैगिस्योस् न।"

  "हुन्छ, पहिला म  सबिताको कहानी सुनाउछु।"
 
हुन त सबिता र कबिता दुबै एकै टोलका हुन्, एकै थरका, एकै स्कूलका। यी दुबैको जीवन कथा ब्यथा उस्तै छन्। नियति उस्तै भोग्दैछन्।
सबिता १

सबिता मेरो क्लासको सहपाठी। कक्षा ८ मा हामी सबै भर्ना भएका तर निम्न माध्यामिक स्कूल भने भिन्ना भिन्नै।
स्कूलको केही दिन मै मिल्ने साथीहरुको एउटा ग्रुप बन्यो। हाम्रो ग्रुपमा सबिता पनि थिई। पढाइमा औसत दर्जाको, फेशनमा भने  दिया मिर्जाको।

औसत भन्दा राम्री बान्की परेकी, ८ पढ्दा नि फेशन गर्न जान्ने थिई।  तै पनि उत्ताउली भने थिइनन्।

९ मा जब म अप्रत्याशित रुपमा फस् भएं तब हाम्रो ग्रुप को घनिष्ठता झन् बढ्यो। सबिता, सरिता, अरुनिमा, किशोरी, पंकज, ज्ञान लाल्, राजेन्द्र आदिको मजबूत समूह बन्यो। राजेन्द्र म्याथमा च्याम्पियन। म भने त्यसै फस् उसै फस्।

हफ्तामा एक दुइ दिन खैले कसो घरमा कहिले कसको घरमा ग्रुप स्टडी हुन्थ्यो। यसमानेमा सबैको पढाईको स्तर मा केही न केही बढोत्तरी भएकै थियो। म त सबैको ठुलदाई भैहालें, उमेर ले पनि, फस् भएको कारणले पनि।

 हामी बिचको मित्रता मा इर्ष्या गर्नेहरु जन्मिसकेका भए पनि धावा बोल्ने हिम्मत कसैमा थिएन। एक अर्काको परिवारमा समेत हाम्रो ग्रुपको मित्रता ग्राह्य थियो, प्रसंशित थियो नै।
 
९ को बिचमा अर्कै सेक्सनको मित्रको नजर गहिरो संग  सबितामा पर्‍यो। लम्बू उपनाम ले चिनिने सुनिल भन्ने साथीको ध्यान ज्ञान मा नभै सबितामा केन्द्रित भयो। हेराहेर अनि केराकेर पछि दुबैको मित्रता सतहमा छछल्कियो। मित्रता मात्र पक्कै थिएन त्यसभित्र, धेरैको अड्कल थियो। हाम्रो पनि।

  तर पनि कसैको ब्यक्तिगत जीवनमा हस्तक्षेप नगर्ने र पढाइ भन्दा इतर बिषयमा छलफल नगर्ने हाम्रो अघोषित नीति नै थियो।

समय संगै उनीहरुको घनिष्टता मा दिन् दुइ गुणा रात चौगुणा प्रगति भए। बैंश अंकुराए छ, समय भन्दा चाँडो। बैंश कुनै साइत जुराएर आउदैन, यौबन कहीँ लाइट बालेर आउदैन। भूकम्पको अचानक कम्पन जस्तै, सुनामीको अपत्यारिलो तरङ्ग जस्तै,  जहिले तहिले कहिले , जहीँ तहीं कहीं आउन सक्छ यो बैंश।
प्रेम गर्नेहरुको लागि न जात हुन्छ, न धर्म हुन्छ। न उमेर भन्छ, न अबेर भन्छ।
सच्चा प्रेमको पूजा जता पनि जहिले पनि हुनै पर्छ भन्ने मान्यता छ मेरो।


९ सकियो , १० मा पनि हाम्रो मित्रता यथावत। केही सदस्यहरु थपिए। शनिबारको दिन झनै ब्यस्त भएं। सिक्न आउने , छलफल गर्न आउने मित्रहरु धेरै हुन्थे। जति सिकायो जति डिस्कस गर्‍यो त्यति आफुमा निखार आउने रैछ। आफ्नो उद्देश्य बोर्ड हान्नु थियो,  त्यसै क्रमको एक कदम  मानेको थिए मैले। जुन दिन हाम्रो ग्रुपको ग्रुप स्टडी हुन्थ्यो, हामी भेला भएको केही समय मै सुनिल पनि टुप्लुक्क आइपुग्थ्यो। केही सिक्ने बहानामा, सबितालाई हेर्ने, भेट्ने चाहनामा।
पढ्ने सिक्ने ध्यान थिएन।
संगै निस्कन्थें। कहाँ जान्थे के गर्थे हाम्रो चासो थिएन।

सबिताको पढाई मा कुनै कमि थिएन।  लम्बू  पनि राम्रो स्टुडेण्ट , उनको क्लासमा। स्पेलिङ्ग कन्टेस्टमा संगै थियौं, लम्बू र म।  हुने खाने परिवारको छोरो। बोर्डिङ स्कूल ड्रप आउट्। अंग्रेजी राम्रो मानिन्थे। लाटा देशमा गाँडा तन्नेरी  भने जस्तै। फसब्वाई भन्नेको अंग्रेजी त ८ सम्म "ब्लाक अल्फाबेट बफालो इक्वाल् टु" थियो मेरो। पछि सुधार भए पनि बोर्डिङको केटाको अंग्रेजी गज्जबको हुन्छ अजबको हुन्छ जस्तो लाग्थ्यो।

समय संगै उनीहरुको प्रेम खुल्ला किताब जस्तै भैसकेको थियो। संभवत परिवारजनले समेत यिनीहरुको जोडिलाई सहर्ष स्विकारी सकेको थियो।
म्याथ र इङ्लिसको ट्यूशन संगै जान्थे। अर्थात उनीहरुको जोडि अब कहिलेइ नछुटिने बन्धनमा बाँधिसकेको जोडी जस्तो भैसकेको थियो। हामी माझ पनि कुनै कुराको पर्दा रहेन। प्रमाणपत्र तह सकिने बित्तिकै बिहे गर्न दुबै परिवार राजी भैसकेको थियो।

एस् एल सी सकियो। हाम्रो ग्रुपका किशोरी भने ९ बाट १० मै गुल्टिएकी भएकीले अन्तै स्कूलबाट परीक्षा दिएकी थिइन्। बाकी सबै जना पास। अरुनिमा, सरिता, अनि सबिता सबै पास्। केटाहरुमा नि ज्ञान लाल् फस् डिभिजनमा, पंकज सेकेण्ड डिभिजनमा। तर अचम्म भयो, लम्बू भने फेल भयो इङ्लिस् मै। राजेन्द्र म्याथ मै।

"लौ शान्दार म: म: आइपुग्यो, पहिला म: म: हाम् अनि मात्र बाकी कथा तिर् जाम्, कसो छोरी?"

"एस् ड्याडि, भोक नि लाग्यो, कोक नि पिउने हो कि?"
 
क्रमश:

Read Full Discussion Thread for this article