Posted by: Nepe March 11, 2008
मेरै जिबन दाउमा थापी झेल गरीछौ (gajal)
Login in to Rate this Post:     0       ?        

Shirish, Bhaute and Wakajyu,

 

सर्वप्रथम त शिरीषले मलाई धान्न नसकिने स्ट्यान्डर्ड दिएकोमा त्यसलाई ससम्मान फिर्ता गर्न चाहन्छु । एक दुई सुनका टुक्रा होलान् मसंग देखाउन, तर अधिकांश त चाँदी, तामा र कति त फलामका टुक्रा पनि छन् है, भला फलामका जस्ता लाग्ने टुक्राहरु घरमै ग्यारेजमा लुकाएर राख्ने गर्छु ।

 

अब अलिकति पाण्डित्याँई छाटम् है गजल-लेखनको बारेमा । जस्तो मैले एडमिट पनि गरें, फलामका टुक्राहरुलाई घरमै थन्क्याएर राख्नु बेस ।

 

शेर लेखन भनेको पहिलो चरणमा धाउ (ore) को ठूलो थुप्रोलाई पगालेर (smelting) धातु निकाल्ने, दोश्रो चरणमा फलामे धातुलाई पिटी पिटी सुन बनाउने काम हो । भनन् न, यो लोहार र सुनार दुबैको सिप चाहिने काम हो ।

 

एक शेर निर्माणको लागि एक स्वतन्त्र, स्वायत्त र ठोस विचार/भावना/कथा/टिप्पणी पहिलो कच्चामाल हो । अनि त्यसलाई पगालेर त्यसको सार (जुन चार पाँच शब्दमा व्यक्त गर्न सकिने हुनुपर्छ) खिच्ने काम दोश्रो काम भयो । त्यसपछि त्यसलाई बहर र काफियामा ढाल्ने (तीन चार नयाँ थप शब्दहरु राख्दै, तानतुन पार्दै) काम अन्तिम भयो ।

 

यो पद्धति (order तलमाथी हुन सक्छ) हरेक शेरमा लगाउनु पर्छ ।

 

चार पाँच शब्दहरुमा उखान टुक्का जस्तो सुनिने गरी व्यक्त गर्न सकिएन भने त्यो भावना/विचार अझै शेरको लागि उपयुक्त हुने गरी बुझ्न बुझाउन (distil गर्न) सकिएको  छैन भनेर बुझ्नु । त्यो नभएसम्म distillation जारी रहनुपर्छ अर्थात् यसरी भन्दा पो हुन्छ कि, त्यसरी भन्दा पो हुन्छ कि भनेर केवल चार पाँच शब्दमा व्यक्त गर्ने प्रयास गरेको गरेई गर्नुपर्छ ।

 

त्यसैले शेरको प्रसुतिकाल लामो र प्रसववेदना तिव्र हुन्छ । यो अरु कुरा जस्तो होईन ।

 

सारांशमा राख्नुपर्दा तलका तीन कुराहरु यसका अपरिहार्य रचनाचरण हुन्

 

१) चिन्तन-मनन

२) अभिव्यक्ति अभ्यास

३) परिमार्जन, परिमार्जन, परिमार्जन

 

गजल रचनाका विविध पक्षबारे भएका तर्कवितर्कका थ्रेडहरु साझामा थुप्रै छन् । शिरीषको ASAD त्यसको एउटा राम्रो स्याम्पल हो । Waka-jyu र अन्य पुराना मित्रहरुलाई पनि पुनर्भ्रमणको लागि निम्ता छ:

 

http://www.sajha.com/sajha/html/openthreadall.cfm?StartRow=1&PageNum=1&forum=4&threadid=22595

 

स्मरणिय रहोस्, म त्यहाँ गुरु भन्दा पनि स्वयं एक सिकारु र अभ्यासीको रुपमा धेरै छु र जिन्दगीभर त्यस्तै रहने छु पनि ।

 

Nepe

Read Full Discussion Thread for this article