Posted by: Nepal ko chora March 11, 2008
कामना
Login in to Rate this Post:     0       ?        

सुन्तले जी, हौसला बढाउने ति शब्दहरु को लागी धन्यवाद छ। मौका मिले सम्म लेख्दै टास्दै गरम ला नि।

 

चित्रे, हो नि... रजतलाई त बोर नै भयो। "म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो", यस्तै हुन्छ कहिले काही जिन्दगी मा।  कथा पढेर पस्किदेको प्रतिकृयाको लागी म आभारी छु।

 

गुरु, पढेर २ शब्द छोडि दिनु भएकोमा धन्यवाद टक्राउछु। पुकार दाई लाई त गुरु ले पनि चिन्नु हुन्छ जस्तो छ नि?

 

चेली बहिनी, हुन त मैले सुरु मै भनेको हो नि कथा काल्पनिक हो भनेर, मेरो कुरा कसैले पत्याउने भए पो त।

 

फ्लिप-फ्लप, टाइम लगाएर अनी बिचबिचमा स्किप गर्दै भए पनि कथा पढिदेर प्रतिकृया ब्यक्त गरिदेको मा धन्यबाद छ।

 

कलेजो ब्रो, कबिता बाट कथा मा झरेको भन्नु कि उक्लेको भन्नु खै? कबिता भन्दा त कथा लेख्न साह्रै गाह्रो लाग्यो मलाई त। ब्रो लाई कथा राम्रो लागेको सुन्दा खुसी लाग्यो। हो, रजत को मुटु त दरिलै थियो नि, नत्र कहाँ थुपुक्क कामना लाई पुकार दाई को जिम्मा लाउन सक्नु त्यती सजिलै। मौका निकालेर कबिता नि लेखुमा ला नि।

 

कान्छा ब्रो, समय निकालेर कथा पढिदिएर ब्यक्त गरिदिनु भएको ति प्रेरणादायक प्रतिकृया को लागी धन्यवाद छ।

 

Gunyucholi, “Emotions are like silhouettes, featureless but with strong outlines.” - well said. I am glad to hear that the wrap up of the story was neat. Agree that the quality counts more than the quantity. Yet they say: practice makes perfect; more you write, more fortified you will be with the words. Thank you very much for those encouraging annotations and those beautiful lines to summarize the gist of the story. I really appreciate it.

Read Full Discussion Thread for this article