Posted by: Nepe March 10, 2008
BHOKTANTRA IN NEPAL ...
Login in to Rate this Post:     0       ?        

केही सक्रियता देखाउने, सामाजिक-राजनैतिक मुद्धामा केही योगदान गर्न चाहने युवाहरुको उत्साहलाई सलाम छ । तर दुईचार कुरामा ध्यान नपुर्‍याए त्यस्तो सक्रियता खेर जाने कुरामा सावधानी जताउने धृष्टता गर्दैछु है म, पूर्व क्षमायाचना सहित ।

 

 

1. Accountability and responsibility

 

बेनामी र लावारिश तुलहरु भन्दा कुनै सम्पर्क गर्न सकिने संगठीत समुह (पुरानो हुन जरुरी छैन, नयाँ भए पनि हुन्छ ) को नाममा राखेको सामाग्रीको प्रभाव बेसी हुन्छ । संगठनको अर्थ हो साहस, प्रतिवद्धता र जिम्मेवारी । बेनामी र बेवारिसे सामाग्रीको अर्थ हो डर, प्रतिवद्धताको अभाव र जिम्मेवारीबाट भाग्नु ।

 

2. Wisdom

 

सन्देशमा समाधान-उन्मुखता (solution-oriented) हुनुपर्छ । जस्तो सत्तोसराप र गुनासोमा सिमित सन्देशको भन्दा समाधानको मार्ग सुझाईएको सन्देशको मुल्य बढी हुन्छ ।

 

3. Consistency and Credibility

 

सक्रियतावादी व्यक्तिहरुले आफ्नो उद्देश्य अनुसारकै सक्रियता देखाएर credibility कमाउदै जानु पर्छ । जस्तो: पेट्रोलको जायज भाउ बढाउदा पुरै शहर डढाउदै हिड्ने गैरजिम्मेवार र मूर्ख युवाहरुलाई पेट्रोल सुलभ गराउने आन्दोलनको लागि कसरी पत्याउने ?

 

Nepe  

Read Full Discussion Thread for this article